Advertisement

फोहरबाट मोहर कमाउँदै व्यास नगरपालिका

Advertisement

तनहुँ —जिल्लाको व्यास नगरपालिकाले फोहरबाट आम्दानी लिन सुरु गरेको छ । फोहरजन्य बस्तु बिक्री गरी नगरपालिकाले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।

बढ्दो बजारीकरणसँगै विभिन्न क्षेत्रलाई फोहर व्यवस्थापनमा समस्या भइरहेका बेला व्यास नगरपालिकाले फोहर बिक्री गरी २ लाख १७ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको हो ।

नगरपालिका क्षेत्रबाट संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न बस्तु बिक्री गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए । ‘पानीका बोतल, आल्मुनियम, टिन, फलाम, कपीकिताब, गत्ता, टुक्रा कागज, सिसालगायत पुनःप्रगोग गर्न मिल्ने वस्तु बिक्री गरिएको हो,’ उनले भने ।

 

यस्तै, करिब एक लाख रुपैयाँ बराबरको फोहर बिक्रीका लागि तयारी अवस्थामा रहेको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले बताए । ‘एलडी, एचएम, पीपी, गुडियालगायत सामान बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘यी सामग्रीहरू पनि तिहारअगावै बिक्री गर्ने योजना छ ।’

नगरपालिकाले गत भदौ ८ गतेदेखि फोहरको सूक्ष्म वर्गीकरण थालनी गरेको थियो । गत साउनदेखि सिसा उठाउन सुरु गरी भदौबाट सिसा बिक्री गर्न थालिएको उनले बताए ।

उनका अनुसार नगरपालिकाले २ हजार ४ सय ५९ किलो पानीका बोतल तथा अन्य बोतलबाट ५६ हजार ५ सय ६८, १ सय ३ किलो आल्मुनियमबाट ६ हजार १ सय ८०, ५ सय ६२ किलो टिनबाट १४ हजार ६२, १ सय ७९ किलो फलामबाट ६ हजार २ सय ६५, ३ सय २६ किलो कपीबाट ५ हजार २ सय १६, ५ सय ६० किलो किताबबाट ७ हजार ८ सय ४०, ३ हजार २ सय १० किलो गत्ताबाट ३५ हजार ३ सय १०, १ सय ६५ टुक्रा कागजबाट १ हजार ३ सय २० र सिसाबाट ८४ हजार ६ सय ७७ रुपैयाँ आम्दानी गरेको छ ।

बजार क्षेत्रबाट निस्कने फोहरमैला व्यवस्थापनमा चुनौती भएकाले नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी संकलन गर्न थालेको थियो । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी संकलन गर्ने र बिक्री गर्न योग्य फोहरबाट आम्दानी गरिएको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख घिमिरेले बताए । ‘नकुहिने फोहर नगरपालिका प्रांगणमै संकलन गरी वर्गीकरण गरिन्छ,’ उन भने, ‘कुहिने फोहर दुम्सीस्थित गौ–संरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादन गर्ने काम गरिरहेका छौं ।’

नगरपालिकाले कुहिने र नकुहिने फोहरलाई छुट्टै/छुट्टै गाडीमा संकलन गर्ने गर्छ । नगरपालिकाले वडा नं. १, २, ३, ४ र ५ बाट दैनिक रूपमा १२ देखि १५ टन फोहर संकलन गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज