Advertisement

चीन जोड्ने तातोपानी नाकासँगको सम्बन्धविच्छेद , भोटेकोसीले बेलिब्रिज बगायो,

Advertisement

काठमाडौँ —चीनसँगको तातोपानी नाका जोड्ने एक मात्र भोटेकोसीको बेलिब्रीज केहीबेर अघि बाढीले बगाएको छ । उक्त पुल बगाएपछि अब उत्तरी नाकाको आवागमन बन्द भएको छ ।

पुल बगाएपछि भोटेकोसी गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने बस्तीहरुमा आउजाउ गर्न अब जंगलको बाटो हिँडनुपर्ने भएको छ ।

पुल बगाएपछि चीनसँगको व्यापारिक कन्टेनर आउजाउ पूर्ण रुपमा रोकिएको छ । अरनिको राजमार्ग निर्माणका क्रममा चीनले बनाएको लार्चास्थित पक्की पुल २०७४ साल साउनमा पहिरोले भोटेकोसीमा खसालेको थियो ।

पक्की पुलको अभावमा बेलिब्रिज राखेर अस्थायी रुपमा आउजाउ गरिँदै आएको थियो । चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने स्थान रहेको पक्की पुल बगाएको ८ वर्षसम्म सरकारले बेवास्ता गर्दै आएको गुनासो स्थानीयको रहेको छ ।

यसको असर व्यापारिक कारोबार पर्ने देखिन्छ । खासगरी दसैंका सामान सीमा नाकामा ल्याइएको अवस्थामा पुल बगाएपछि भारी बोकाएर ल्याउन पनि धेरै कठिन हुने तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारीले जानकारी दिए  ।

उनका अनुसार भोटेकोसीको बाढीले भन्सार यार्डतर्फको तल्लो भागमा भत्काउन सुरु गरेको छ । पहराको खोंचमा रहेको उक्त पुल रहेको स्थानमा सामान्य अवस्थामा भोटेकोसीमाथि ह्यम पाइप राखेर यातायात सञ्चालन गर्ने सम्भावना देखिँदैन ।

Bhotekosi washed away the Beilibridge, a break with the Tatopani Canal connecting China

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज