Advertisement

गौरिगङ्गा नगर पालिका पुर्ण खोप घोषणा

Advertisement


२२ असार मसुरिया
कैलाली, गौरीगङ्गा नगरपालिकालाई पुर्ण खोप (सुनिश्चितता ) दीगोपना घोषणा तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न भएकोे छ ।
नगरपालिका भित्रका सम्पुर्ण बालबालिकाले १५ महिनाको उमेरभित्र खोप पाएकोले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।


गौरीगंगा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख देविदत्त कडेलको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खोप समन्वय समिति कैलालीका संयोजक तथा जिल्ला समन्वय प्रमुख खगराज भुषाल प्रमुख अतिथि कार्यक्रम गरिएको थियो ।


पुर्ण खोप सुनिश्चितता घोषणा राष्टि्य निति अनुसार गौरीगंगा नगरपालिकाका सबै वडामा पुर्ण खोप घोषणा भई सबै खोप सबै बालबालिकाहरूले पुर्णरुपमा प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख ईश्वरी भुसालले जानकारी दिनुभयो । नगरपालिकामा १६ देखि ५९ महिना भित्रका ३२८६ जना बालबालिकाले पुर्ण खोप पाएका छन् भने जन्मे देखि १५ महिना सम्मका १३२९ जना बालबालिकाले नियमित खोप पाएकोमा ३९ जना पुर्ण खोप छुटेकोले बिषेश अभियान सञ्चालन गरि उनीहरूलाई खोपको मात्र पुर्ण गरिएको तथा आ.व. २०८०/०८१ मा १०५० जना बालबालिकाले पुर्ण खोप पाएका शाखा प्रमुख भुसालले बताउनु भयो।


सो अवसरमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानजनक बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा नगरपालिकाबाट स्वयंसेविकाहरुलाई सम्मान पत्र , मायाको चिनो तथा उमेर हदका कारण बिदाईमा जाने ६ क्रमशः सारदा देवी साउद, रामपति थरुनी, भागरथी अम्मै, शारदा देवी जोशी र पार्वती शर्मालाई नगद एक लाख र अन्य कारणले बिदाइमा जानु हुने दिपा जोशीलाई नगद पचास हजार रुपैया प्रदान गरि ससम्मान बिदाई गरिएको थियो ।

सामाजिक विकास समिती संयोजक एवं वडा नं ५ का वडा अध्यक्ष विष्णु प्रसाद भाटले स्वागत गरेको कार्यक्रममा नगर उपप्रमुख भोज बहादुर बम, स्वास्थ्य निर्देशनालय राजपुर डोटी नि. निर्देशक खगेन्द्र बहादुर बम, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख जनस्वास्थ्य निरीक्षक आशुतोष श्रेष्ठ, WHO का डा. अनन्त थापा, गिताञ्जली ढकाल UNICEF का अशोक जोशी लगायत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका हरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज