Advertisement

टीकापुर घटनाका सबै दोषी रिहा

Advertisement

कैलाली : कैलालीको टीकापुर ‘नरसंहार’ घटनामा दोषी ठहर भएर जेल परेका सबै (चार) जनालाई रिहा गरिएको छ। संविधान दिवसको अवसर पारेर सरकारले बाँकी कैद मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिबाट सदर भएपछि आज (बुधबार) चारै जना कारागारमुक्त भएका हुन्।

तीन जना कैलाली कारागारमा थिए भने एक जना बालसुधार गृहमा। कैलाली कारागारमा रहेका ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षीय हरिनारायण चौधरी रिहा भएका हुन। उनीहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दाका दोषी हुन्। नाबालक श्रवण चौधरी पनि बुधबार नै रिहा भएका छन्।

थरुहट प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र नाबालक गरेर ८ जनाको हत्या भएको थियो। सर्वोच्च अदालतले यस घटनालाई बिर्सनुपर्ने तर बिर्सन नसकिने जघन्य आपराधिक घटना भने पनि राजनीतिक लेनदेनमा सरकारले यसअघि नै रेशम चौधरीको बाँकी कैद माफी दिएर रिहा गराएको थियो।

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहँदा अन्यको बाँकी कैद मिनाहा गराइएको हो। एकै घटनामा दोषी ठहरिएका अन्य जेलमै रहेको र एक्लै रिहा भएको भन्दै रेशमको विरोध भएको थियो। रेशम जेलमै रहँदा नागरिक उन्मुक्ति पार्टी गठन गरेर प्रतिनिधि सभा र प्रदेशमा जितेपछि कैद मिनाहा र माफीमा सत्ता सौदाबाजी सहज भएको थियो।

केन्द्रमा रेशमकी श्रीमती रन्जिता श्रेष्ठ मन्त्री छिन् भने रेशम सरकारी सुरक्षा घेरा र सुविधामा हिँड्छन्। रेशम बहु विवाहमा समेत जोडिएका छन्। टीकापुर घटनामा अझै ३० जना फरार छन्। रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित भव्य स्वागत गरिएको छ। नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले स्वागत गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको ...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको र...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्...
गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन...
बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-१ रायलमा रहेको गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत बिद्यार्थीलाई पोशाक प्रदान गरिएको छ । कैल...
बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज