Advertisement

फार्मेसी बाट न्युट्रास्युटिकल्स नबेच्न नेपाल फर्मास्यूटिकल एशोसिएसनको आह्वान !

Advertisement

 नेपाल फर्मास्यूटिकल एशोसिएसनले न्युट्रास्युटिकल्स फार्मेसीबाट नबेच्न आह्वान गरेको छ। न्युट्रास्युटिकल औषधि नरहेको बताउँदै भनेको छ,  ‘नेपाल फर्मास्यूटिकल एसोसिएसन सम्पूर्ण फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरुमा उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न/ नगराउन समेत जोडदार आह्वान गर्दछौँ।’

नेपालको बजारमा औषधि जस्तै बनावटमा फार्मेसीमै न्युट्रास्युटिकल्स नामको उत्पादनहरुको बिक्रि वितरण भइरहेको प्रति एशोसिएसनको ध्यानाकर्षण भएको जनाएको छ। ‘सो किसिमको उत्पादन पोषण, न्युट्रीशन र फर्मास्युटिकलबाट न्युट्रास्युटिकल भन्ने र औषधि नै हो भनि प्रयोगकर्तालाई भ्रममा पार्ने गरिएको छ ।स्वास्थ्यमा कुनै पनि प्रविधि, बिधि उपयोग गर्न बैज्ञानिक प्रमाणमा आधारित अभ्यास  हुन जरुरी छ । तर खाद्यको रूपमा दर्ता गरि औषधि जस्तो प्रस्तुत गरिने न्युट्रास्युटिकलहरु निम्न कारणहरुले स्वास्थ्य सुधारमा औषधि भनि प्रयोग गर्न अनुपयुक्त रहेको हाम्रो एसोसिएसन सबैलाई सुचित गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ। 

अध्यक्ष ललित मोहन पन्त र महासचिव सञ्जीव शर्मा कट्टेलले विज्ञप्ति जारी गर्दै निम्न ९ कारणहरु अघि सारेका छन् :

•    औषधिजस्तो क्लिनिकल परिक्षण नगरीने हुनाले न्युट्रास्युटिकलहरु को बायोअभाइबिलिटी (अर्थात सेवन पछि शरीरमा कुन ठाउँमा र कति मात्रामा पुग्ने) को केहि ज्ञान नहुने र सोको दिर्घ प्रयोग असर हरुको बारेमा थाहा नहुने भएकाले,
•    औषधिऐनको नियमन नहुने हुनालेसुरक्षित, असर्युक्त र गुणस्तरीयता प्रमाणित गर्न नपर्ने,
•    उत्पादक पिच्छे मनलाग्दी सम्मिश्रण राख्ने हुनाले न्युट्रास्युटिकलहरुमा दाबी अनुसारको बैज्ञानिक आधार नहुने भएकाले,
•    औषधिको हकमा बैज्ञानिक आयोगहरुले तयार गरेको परिक्षण विधिको ग्रन्थ अनुसार परिक्षण गर्न सकिने तर न्युट्रास्युटिकलहरुको बैज्ञानिक रूपले विश्वसनीय परिक्षण बिधि नभएकाले,
•    औषधिमा निकैकम मात्रामा रहेका अशुद्ध रसायन देखिदा समेत विश्वव्यापी फिर्ता गर्ने सम्म व्यवस्था रहेको तर न्युट्रास्युटिकलहरुमासो व्यवस्था नरहने,
•    औषधि र औषधि प्रयोग गर्दा एक आपसमा अन्तरक्रिया गरी असर घटाउने वा बढाउने (असरहीन वा विषाक्त) हुने बिश्वब्यापी तथ्यांक रहेको हुनाले प्रयोग र उपचार बिधि थाहा भएको तर न्युट्रास्युटिकलहरुले औषधि संगै प्रयोगमाकसरीअसर गर्छ केहि बैज्ञानिक तथ्यांक नभएको,
•    औषधि व्यवस्था विभागमाऔषधिको रुपमा दर्ता रहेको आईरन, मल्टीभिटामिन आदि भन्दा न्युट्रास्युटिकलको रूपमा आउंदा कयौं गुनाबढी मूल्य भएर बजारमा बिक्रि वितरणमा छन्,
•    औषधिहरुले भ्रमात्मक प्रचार गर्न नपाईने र बिज्ञापन गर्न स्वीकृति लिन प्राबधान हुदा न्युट्रास्युटिकलहरुको मनगडन्ते बिज्ञापन गर्दै, हुँदै नभएको स्वास्थ्य लाभ र फाईदाहरु पेश गरी जनता ठग्ने र स्वास्थ्यमा जोखिम हुन सक्ने देखिन्छ,
•    औषधि जस्तो न्युट्रास्युटिकलहरु बृद्ध, दिर्घ रोगि, गर्भवती, बच्चामा प्रयोग गर्न मिल्ने नमिल्ने र कसरी गर्ने केहि पनि तथ्यांक उपलब्ध छैन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज