Advertisement

उद्योग मन्त्री कर्मचारी सरुवामा तल्लीन, बरिष्ठलाई काजमा तान्दै कनिष्टलाई प्रमुखको जिम्मा

Advertisement

 उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीको काम पछिल्लो समय मातहतका बिभाग वा कार्यालयका कर्मचारी सरुवामै केन्द्रित हुन थालेको छ ।

मन्त्रालयका दुई सचिव, आधा दर्जन सहसचिव र दर्जन उपसचिव सरुवा गरिसकेका मन्त्री भण्डारीले थुप्रै शाखा अधिकृत र नायबसुब्बाको सरुवा गरिसकेका छन् । लगानी सम्मेलन लगत्तै मन्त्रालय र मातहतको बजेट कार्यक्रममा ध्यान दिने बताएका भण्डारीले त्यतातिर भन्दा कर्मचारी सरुवामै रमाउँदैआएका छन् ।

मन्त्रीका निजी सचिव विवेक घिमिरे, मन्त्रालयको कर्मचारी प्रशासन शाखाका घनश्याम सुवेदी र उपसचिव लीलाधर अधिकारीको कोरटीमले तयार गरेको सूचीलाई बुधबार साँझ अन्तिम रुप दिइएको छ । स्रोतका अनुसार १४ जनाभन्दा बढी उपसचिव, शाखा अधिकृत र नासु् तहका कर्मचारीको सरुवा तथा काज गरिएको छ ।

सबैभन्दा बढी उद्योग बिभाग र कम्पनी रजिष्टार कार्यालयमा काज र सरुवा गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रबाट प्राविधिक उपसचिव अमित आचार्यलाई मन्त्रालयमा काजमा तानिएकोे छ ।

यसअघि केन्द्रका सहसचिव दीपक घिमिरेलाई दरबन्दी केन्द्रमै मन्त्रालयमा झिकाइएको छ । उपसचिव बिष्णु भट्टराईलाई कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी दिनका लागि केन्द्रका बरिष्ठ कर्मचारीहरुलाई काजमा मन्त्रालय तानेर सुशासनको धज्जी उडाइएको छ ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परे पनि पछि चलखेल गरी थुनामुक्त भएका सचिव कृष्णबहादुर राउत र बाणिज्य सचिव दिनेश घिमिरेलाई सुशासनको पक्षधर मानिंदै आएको छ । तर दुवै सचिवले बरिष्ठ कर्मचारीलाई तेजोबध गरी काजमा राखेर कनिष्टलाई कार्यालयको जिम्मेवारी दिएर मन्त्रीको योजनामा साथ दिनुलाई आश्चर्यको रुपमा हेरिएको छ ।

त्यसैगरी, उद्योग विभाग कार्यरत रहँदा अनियमिततामा मुछिएका शाखा अधिकृत बसन्तबहादुर खत्रीलाई कम्पनी रजिष्टार कार्यालयमा पठाइएको छ ।

खत्रीले श्रम मन्त्रालयमा सरुवा भएको भन्दै चर्चा चलाए पनि उनी सचिव राउत र मन्त्रीका निजी सचिव विवेक घिमिरेलाई खुसी पारी कम्पनीमा जान सफल भएका छन् । फाइल सेटिङ गरी उद्योगीहरुबाट लाखौंको मोलमोलाइ गरेको बिषयमा विवादमा परेपछि मन्त्री भण्डारी आएपछि उनी बिभागबाट सरुवा भएका थिए ।

घुमिफिरी रुम्जाटार भनेजस्तै उनी एक महिनामै कम्पनी रजिष्टार कार्यालयमा फर्किएका छन् । उद्योग बिभागकै शैलीमा मोलतोल गर्न उनी कम्पनी कम्पनी रजिष्टार कार्यालयमा आएका छन् ।

उद्योग विभागका शाखा अधिकृत दीपक दाहालको पनि काजसरुवा भएको चर्चा छ । अनुमति शाखामै कार्यरत शाखा अधिकृतहरु दुर्गादत्त भट्ट, सुन्दरकुमार थापा, सुजित कर्ण र उपसचिव शंकरसिंह धामीलाई पनि सरुवा गर्न लागिएको छ ।

कम्पनी रजिष्टार कार्यालयका रजिष्टार दीपककुमार पहाडी आगामी जेठ २० गते अवकाश हुने भएपछि उक्त ठाउँमा कसलाई पठाउनेबारेमा निजी सचिव घिमिरेले मोलतोल गर्न सुरु गरेका छन् ।

संचार तथा सूचना प्रबिधि मन्त्रालयमा उपसचिव हरि पँगेनीको सरुवा भएपछि सो ठाउँमा निजी सचिव घिमिरेले आफूनिकटलाई ल्याउन लागेका छन् । बाणिज्य विभागका महानिर्देशक तीर्थ चिलवालको ठाउँमा पठाउन उपयुक्त सहसचिवको खोजी भइरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज