Advertisement

बझाङको ऐतिहासिक ‘बान्नीकी चैतली’ मेला सुरु

Advertisement

बझाङ : बझाङ जिल्लामा लाग्ने प्रशिद्ध धार्मीक तथा ऐतिहासिक मेला ‘बान्नीकी चैतली’ आजबाट सुरु भएको छ ।जिल्लाको छबिस पाथीभरा गाउँपालिकामा लाग्ने सो मेला गर्दछ

किम्बदन्ति अनुसार शक्तिशाली महिसासुर दानवले देवी देउतालाई दुःख दिनथालेपछि दुर्गादेवी माताले महिसासुरलाई मार्न जंगलबाट काँकर ल्याउन भनेपछि मेलाको सुभारम्भ भएको मान्यता छ । महिसासुर दानवमाथि विजयी गरेको खुशियालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको धार्मिक मान्यता छ ।

सोही अनुसार चैते औंसीको दिन बझाङका स्थानीय तीन वटा छुट्टाछुट्टै स्थानमा गएर लुंगो अर्थात काँकर ल्याउने गर्दछन् । जसलाई काँकरे औंशी भन्ने गरिन्छ । त्यसको १३ दिनपछि सोही काँकरको प्रदर्शन चैतली मेलाको मुख्य विशेषता मानिन्छ । तीन वटा काँकर मध्य आजका दिन पहिला मुम्लाको काँकर पर्दशन गरिएको छ । त्यसपछि काँकर लाई अगाढी बढाएपछि मुम्ला तर्फको काँकरको प्रदर्शन गर्दै ठाडो पारेर हिँडाइन्छ र अन्तिममा बाँन्नीचौरमा रहेको बोहरा समुदायको काँकरलाई पनि विस्तारै प्रर्दशनमा ल्याइन्छ ।

तीन वटै काँकरलाई मष्टा मन्दिरमा चढाएपछि तीन वटै काँकर पक्षका समुह मिलेर भकुण्डो (घरपालुवा जनावरको छाला बाट निर्मित ठूलो आकारको बल) खेलिन्छ । जसलाई महिशासुरको टाउकोका रुपमा पनि लिने प्रचलन रहेको छ । चैतली मेला भर्न आएका हजारौं श्रदालुहरुले बान्नीको काँकर र बान्नी मष्टाको दर्शन गर्ने गर्दछन् । मेलामा डेउडा प्रतियोगिताको आयोजना गरिने गरिन्छ । चैत्र औँसीका दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमा हुँदै त्रयोदशी सम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका पुजारीहरु चोखो भएर ब्रत बस्ने गर्दछन् ।

छविस पाथीभरा गाउँपालिकामा रहेको बान्नीकी चैतली हेर्न सदुपश्चिम लगायत विभिन्न स्थानबाट श्रदालु भत्तजन सँगै जात्रुहरु सो स्थानमा पुग्ने गर्दछन् । स्थानीयको घरमा जस्तोसुकै समस्या आइपरे पनि अनिवार्य रुपमा यो पर्व मन्नु पर्ने प्रावधान रहेको छ । घरमा मान्छेको मृत्यु भएको अवस्थामा पनि लास घरमै राखेर यो मेला मनाउने चलन रहि आएको स्थानीयले बताएका छन् । दसैँ तिहार भन्दा पनि ठूलो पर्वका रुपमा यस पर्वलाई मनाउने गरेको स्थानीय सुरेश रोकायाको भनाइ छ । यो वर्ष मेलाको आकर्षण बढाउनका लागि डेउडा लगाएत विभिन्न कार्यक्रमको आयोजना गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज