Advertisement

बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थाले

Advertisement

बझाङ : हिमाली जिल्ला बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थालेका छन् । यार्सागुम्बा टिप्न केहि समयपछि सुरु गर्ने भएपनि उपयुक्त बासस्थानको खोजी र यार्सागुम्बाको अवस्था हेर्न र बुझ्नको लागि उनिहरु हिमाली पाटनतिर लागेका हुन्

नयाँ वर्ष मनाए लगत्त्तै गाउँका आधा भन्दा बढी मानिसहरु लेकतिर गइसकेको सुर्मा गाउँपालिका –४ का स्थानिय लोक बहादुर बोहराले बताउनुभयो । पहिलो चरणमा लेकतिर जानेहरुले आजभोली पाटनतिर खानेबस्ने सबै व्यवस्था मिलाएर हिउँदेबाली भित्र्याउन फर्किने गरेको बोहराले बताउनुभयो ।

हिउँदेबाली भित्र्याएपछि वृद्धवृद्धा र साना बालबालिका बाहेक सबै यार्सागुम्बा संकलनको लागि लेकतिर जाने गर्दछन् । पछिल्लो समय यहाँ गहुँ भन्दापनि स्थानियहरुले आलु लगाउने गरेको र यसपालि खडेरीले लगाएको गहुँ पनि सुकेको अर्का स्थानिय हंशविर बोहराले बताउनुभयो । यहिँ वैशाख १५ को उवनिर्वाचनका लागि केहि मानिसहरु रोकिएका र उपचुनाव सकिए पछि सबै पाटनतिर गइसक्ने उहाँको भनाई छ । पानी परेपछि मात्रै यार्सा टिप्ने हुनाले पानी पर्ने आशामा कुरिरहेको बोहराले बताउनुभयो ।

यसपालि लेकतिर खासै हिउँ नपरेकाले स्थानियहरु यार्सा नपाइने चिन्तामा छन् । यार्सागुम्बा पाटनहरू फोहोरले भरिन थालेकाले पनि यार्सा नपाइने गरेको उनिहरुको भनाई छ । यार्सा संकलन कार्य सुरु भएपछि प्लास्टिक, सिसा, कपडा र पेय पदार्थका बोत्तलहरूले जिल्लाका उच्च हिमाली पाटनहरू भरिभराउ हुने गरेका छन् । बझाङमा यार्सा संकलनको लागि सुर्मा सरोबर क्षेत्र, धनसेरा, जलजला, पार्थि, चाँदेशिखर लगाएतका हिमालहरुमा जाने गरिन्छ ।

यार्सागुम्बा संकलन गर्न जिल्लाका विभिन्न ठाउँबाट जाने गर्दछन् भने छिमेकी जिल्ला दार्चुलाबाट पनि आउने गर्दछन् । विशेष गरेर जिल्लाको सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिकाका अधिकांश स्थानियहरु हिमाली पाटनतिर जाने गर्दछन् ।

यार्सागुम्बा जिल्लाका उच्च हिमाली भुभागका स्थानियहरुको बलियो आयस्रोतका रुपमा रहेको छ । लगाएको अन्नबालीले तीन महिना पनि अधान्ने र रोजगारी पनि केहि नभएकाले स्थानियहरु ज्यानै जोखिममा राखेर हिमाली पाटनमा जाने गरेका छन् । स्कुले बालबालिकाहरु पनि पढाई छोडेर लेकतिर जाने गर्दछन् । यार्सा संकलनको क्रममा कयौंले वर्षेनी ज्यान पनि गुमाउदै आएका छन् । लेक लागेर, हिम पहिरोमा परेर, भिरबाट लडेर लगाएतका कारणले कयौं मानिस लेक तिरै ज्यान गुमाउछन् । गत वर्ष मात्रै बझाङका ६ जनाले हिम पहिरोमा परेर अकालमै ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज