Advertisement

दार्चुलाको अपि हिमालमा सीपि अस्पताल को चार दिन निशुल्क स्वास्थ्य शिवर !

Advertisement

धनगढी ः दार्चुलाको अपी हिमाल गाउँपालिकामा चार दिन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। धनगढीको सीपि अस्पतालले दार्चुलाको दुर्गम गाउँपालिका अपि हिमालमा चार दिन स्वास्थ्य शिविरको आयोजना गरेको हो।

अस्पतालका अनुसार चैत ३० गते पहिलो दिन अपि हिमाल गाउँपालिका–५ ओखालमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। उत्त क्षेत्रका ६५ महिला र ४२ पुरुषले उपचार सेवा लिएका छन्। एक सय सात जनाले पहिलो दिनको शिविरमा स्वास्थ्य उपचार सेवा लिएका हुन्।

दोस्रो दिन वैशाख २ गते २ सय ४३ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। उनीहरूमा एक सय ७२ महिला र ७१ पुरुष रहेका छन्। दोस्रो दिन अपि हिमाल गाउँपालिका–४ चिल्ढुङ्गामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त दिन ३० जनाको भिडिओ एक्सरेसमेत गरिएको थियो। तेस्रो दिन अपि हिमाल गाउँपालिका–४ मा नै स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। तेस्रो दिन एक सय ८५ जनाले उपचार सेवा लिएका छन्। एक सय २१ महिला र ६४ पुरुषले उपचार सेवा लिएका अस्पतालले जनाएको छ। तेस्रो दिन २९ जनाको भिडिओ एक्सरेसमेत गरिएको छ। चौथो दिन अपि हिमाल गाउँपालिका–१ मा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक सय ५९ जनाले स्वास्थ्य उपचार लिएका छन्। उनीहरूमा एक सय सात महिला र ५२ पुरुष रहेका छन्। अस्पतालले नेपाल फार्मेसी संघ, सुदूरपश्चिम र गाउँपालिकासँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

धनगढी उपमहानगरपालिका–४ चटकपुरमा रहेको अस्पताल २०७० सालमा स्थापना भएको हो। दैनिक ओपिडी सेवा, आकस्मिक सेवा, जर्नल वार्ड तथा क्याविन, शल्यक्रिया, इन्डोस्कोपी, फिजिसियन, जनरल सर्जरी, युरोसर्जरी, नाँक, कान र घाँटी रोगको उपचार हुँदै आएको छ। यस्तै, हाडजोर्नी तथा नसा, प्याथोलोजी, एक्सरे, फिजियो थेरापी, एम्बुलेन्स र फार्मेसी सेवा सञ्चालन गर्दै आएको छ।

cp

अस्पतालका अनुसार चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म ६ सय ९४ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा चार सय ६५ महिला र २ सय २९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज