Advertisement

चट्याङबाट बच्न के गर्ने, के नगर्ने ?

Advertisement

‘प्रि–मनसुन’ को यो बेला चट्याङ धेरै पर्छ । केही दिनदेखि लगातार चट्याङ पर्दै आएको छ । नेपालको सबैभन्दा खतरनाक प्राकृतिक प्रकोपमध्ये एक चट्याङ पनि हो । पछिल्लो दुई हप्तामा मात्रै चट्याङ लागेर तीन जनाको ज्यान गएको छ ।

गएको वैशाख महिनापछि मात्रै चट्याङ लागेर एक सय २७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार ११ महिनामा चट्याङ लागेर चार सय ५१ जना घाइते भएका छन् । चट्याङ लागेर बर्सेनि ठूलो सङ्ख्यामा घरपालुवा पशुचौपायासमेत मर्ने गरेका छन् ।

चट्याङ विशेषगरी प्रि–मनसुन अर्थात् चैत, वैशाख र जेठ महिनामा धेरै पर्छ । अर्थात् अबको झन्डै तीन महिना चट्याङको जोखिम धेरै हुने समय हो ।

चट्याङबाट बच्न के गर्ने, के नगर्ने ?

वरिष्ठ मौसमविद् विभूति पोखरेलको सुझाव यस्तो छ :–

घरबाहिर भएको अवस्थामा चट्याङ परेमा सकेसम्म आश्रय खोज्नुपर्छ । यदि उचित आश्रय फेला नपरेको अवस्थामा वरपरको सबैभन्दा अग्लो वस्तुको नजिक जान हुँदैन । खुला मैदान, पहाडको टुप्पो, अग्ला रुख र बिजुली लाइन वा पोलहरूबाट सकेसम्म टाढा बस्नुपर्छ । कुनै पनि विकल्प नभएको अवस्थामा दुवै खुट्टा जोडी टाउको घुँडाको बीचमा राखेर भुइँमा झुक्नुपर्छ । खुट्टाको बलले जमिनसँगको सम्पर्क कम गर्नुपर्छ । भुइँमा सुत्न हुँदैन ।

घरभित्र भएको अवस्थामा बिजुलीका उपकरणहरू जस्तै– टीभी, टेलिफोन, माइक्रोवेभ ओभन, वासिङ मेशिन लगायतबाट टाढा बस्नुपर्छ । घरभित्र रहेको पानीको धारा, बिजुलीको तार र धातुको पाइपबाट पनि बिजुली प्रवाह हुन सक्ने भएकाले यी कुराहरूबाट पनि टाढा बस्नुपर्छ । यस्तै धातुको झ्याल ढोका तथा कहिलेकाहीँ घरको भित्ता र भुइँबाट पनि बिजुली प्रवाह हुने भएकाले धातु वा भुइँ छुनु हुँदैन । खाट, टेबुल, वा कुर्सीमाथि बस्नुपर्छ ।

चट्याङ परिरहेका बेला पार्क, ताल, पोखरी, खेल मैदान, खोला किनार, खेतबारी जोखिमपूर्ण क्षेत्र भएकाले ती ठाउँमा जान हुँदैन । चट्याङ परिरहेको बेला घरबाहिर निस्कनु हुँदैन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज