Advertisement

बझाङमा वर्षातले बिग्रिएका सडक समयमै नबन्दा नागरिकलाई सास्ती

Advertisement

बझाङ : वर्षातले बिग्रिएका कतिपय बझाङका ग्रामीण सडकहरु नबन्दा यात्रुहरुलाई सास्ती भएको छ । वर्षातको समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्टा खुल्टी परेर बिग्रिएका सडक समयमै मर्मत नहुँदा ओहोरदोहर गर्ने यात्रुहरुलाई अहिले सास्ती भएको हो ।

वर्षातले बिग्रिएका सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नेु परेको यात्रुहरुको गुनासो छ । जिल्लाका विभिन्न पालिका भित्र रहेका ग्रामीण सडकहरु वर्षातका कारण बिग्रिएका छन् । बर्षातले भत्कीएर, खाल्टा खुल्टी परे पनि सम्बन्धित निकायले समयमै मर्मत नगरिदिदा समस्या भएको खप्तडछान्ना गाउँपालिका ५ कि स्थानिय सविता उपाध्यायले बताउनुभयो ।

जिल्लाको खप्तडछान्ना गाउँपालिकामा सडक बन्द भएको २ महिना पूरा भएपनि अझै सुचारु नभएको स्थानियहरुको गुनासो छ । दैनिक कामकाजको लागि पालिकाबासिहरु नियमित जोखिम मोलेर ओहोरदोहोर गरिरहेपनि बाटोको अवस्था ठिक नहुँदा समस्या भएको बताइएको छ ।

जिल्लाको बुङ्गल नगरपालिकामा पनि सडक पुर्ण रुपमा बन्द भएको महिनौ भएको छ । यसैबिच थलारा गाउँपालिकाको झनाना देखि जडार, दुर्गाथली र केदारस्यु गाउँपालिका जोड्ने चुवाबन काँडाचौर हुदै बिजगडा, केदारस्यु गाउँपालिकाको भाँडे पौडी हुँदै लोतु र जयपृथ्वी नगरपालिका ३ स्थित डुङ्री गाड र जिन्नाडि गाड बढेर मस्टा गाउँपालिका जोड्ने सडक अवरुद्ध रहेका छन् वर्षाले सडकखण्ड अवरुद्ध भएको महिनौ भएपनि स्थानीय सरकारको ध्यान नगएको नागरिकहरुको आरोप छ ।

यसैबिच सडकखण्ड अवरुद्ध भएपछि बुङ्गल नगरपालिकामा खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको छ । यातायातका साधान चल्न नसक्दा बजारमा दैनिक प्रयोग हुने खाना पकाउने एलपी ग्याँस संगै उपभोग्य सामान, खाद्यवस्तु ,लगाएत तरकारीको पनि अभाव देखिएको विजगडाका व्यवसायि धन बहादुर धामीले जानकारी दिए ।

दैनिक उपभोग्य वस्तुहरूको समेत बजारमा चरम अभाव भए संगै सामानको मुल्य पनि अकाशिय पछि सर्वसाधारणहरू मर्कामा परेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज