Advertisement

पक्राउ परेको दिनमै प्रहरी कार्यलयबाट भागे आरोपित, प्रहरी मुखदर्शक

Advertisement

कैलाली / गत श्रावण १३ गते कैलालीको लम्किचुहा नगरपालिकामा २ मोतिपुरमा रहेको तिमिल्सिना इन्टरप्राइजेजमा चोरी भएको थियो । १३ गते राती चोरी भएको उक्त इन्टरप्राइजेजका सञ्चालक टिकाराम तिमिल्सिनाले भोलिपल्ट नै इलाका प्रहरी कार्यालय लम्किमा निवेदन समेत दिए । तिमिल्सिनाका अनुसार १ लाख ५५ नगद र ८० हजार बराबरको सामान चोरी भएको दावी गर्छन् ।

निवेदन दिएको दिनदेखी नै इलाका प्रहरी कार्यालय लम्की चोरी गर्ने मान्छे पत्ता लगाउन तिर लाग्छ । चोरिमा संलग्न तीन जनाको सोही पसलमा भएको सिसिटिभी क्यामरामा अनुहार कैद भएको हुन्छ । सिसिटिभिको फुटेजबाट प्रहरिले चोरी गर्नेको खोजी गर्छ र प्रारम्भिक अनुसन्धान बाट ३ जना चोर भएको खुल्छ

इलाका प्रहरी कार्यालयका प्रमुख शंखर खड्काका अनुसार चोरी कार्यमा संलग्न रहेका मुख्य आरोपी हेम शाहलाई टिकापुर सुधार केन्द्रबाट श्रावण ३१ गते ल्याइन्छ । चोरी कार्यमा संलग्न भनिएका र आरोपित शाह लागु औषध र दुर्व्यसनीमा समेत लागेको कुरा पत्ता लाग्छ ।

चोरिका आरोपित भागे जेलबाट

चोरिको आरोप लागेका हेम शाहलाइ प्रहरीले गत श्रावण ३१ गते पक्राउ गरेर इलाका प्रहरी कार्यालय लम्किमै ल्याएपनी शाह प्रहरीको आँखा छलेर भाग्न पुग्छन् । प्रहरीहरु र पक्राउ गरेर ल्याउने सुरक्षाकर्मी भित्र गएको मौका पारी आँखा छलेर भागेका आरोपित शाहलाइ गेटमा भएका सुरक्षाकर्मीले “कता जान लागेको?” भन्दा शाहले काम सकेर मलाई इन्चार्ज ज्यूले पठाउनु भएको समेत भन्न भ्याउँछन् ।

मुखदर्शक प्रहरी

राज्यको बलियो सुरक्षा निकाय मानिएको प्रहरी जनसंगठनबाट नै आरोपित भनिएका हेम शाह प्रक्राउ गरि ल्याएर सुरक्षा निकायको घेरा भित्रै बाट भाग्दापनी प्रहरी मुकदर्शक बनेको छ । ल्याएको एक घन्टा भित्रै आरोपित भाग्दा पनि यतिका दिनसम्म प्रहरीले दोस्रो चोटि भने शाहलाइ पक्रीन सकेको छैन ।
लम्किचुहा नगरपालिका मोतिपुरमा चोरको बिगबिगी छ तर मोतिपुरमा प्रहरी बिट भने भने राख्न सकेको छैन । यस अघाडी पनि थुप्रै चोरिका घटना भईरहेका थिए

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचा...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको ...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको र...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्...
गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज