Advertisement

औषधी विभागका महानिर्देशक ढकालको आतंक : सरुवामा मनपरी गरेको आरोप

Advertisement

काठमाडौं – औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले मनोमानी तरिकाले कर्मचारी सरुवा गरेका छन् ।

अधिकृतस्तरका कर्मचारीको फेरबदल स्वास्थ्य मन्त्रालयले गर्ने भएतापनि उनले कर्मचारीको लिष्ट बनाएर मन्त्रीलाई दबाब दिएर विभागका कर्मचारीको सरुवा गर्न लगाएका हुन् । 

नियमित सरुवाको समय नै नभएकाहरुलाई पनि ढकालकै दबाबमा मन्त्रालयले सरुवा गरेको मन्त्रालय स्रोत बताउँछ । ‘ढकाल सरको लिष्टमा एउटा पनि तलमाथि नभई सरुवा भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो नियमित खालको सरुवा होइन् ।’ औषधी व्यवस्था विभाग स्रोतका अनुसार ढकालले आफूखुसी गर्ने काममा प्रश्न उठाउने र गुपचुप रुपमा ऐन परिवर्तनको मस्यौदा तयार गरिरहेको विषयमा चासो देखाउने कर्मचारीलाई छानी—छानी जिम्मेवारी हेरफेर र सरुवा गरेका छन् । 

लोकसेवाबाट नाम निकालेर वीर अस्पतालमा पदस्थापन भएको तीन महिना पनि नपुगेका फार्मेसी अधिकृत अनुप विष्टलाई उनले विभागमा तानेका छन् । 

वीरमा जान पहिलेदेखि नै रुची राखेका मानबहादुर महरालाई पठाएका छन् । त्यसैगरी, कोशी प्रदेशबाट एक वर्षअघि औषधी व्यवस्था विभाग सरुवा भएका संजीव कट्टेललाई स्वास्थ्य सेवा विभाग पठाएका छन् । 

उनको ठाउँमा स्वास्थ्य सेवा विभागबाट निशा पराजुलीलाई ल्याइएको छ । पराजुली लोकसेवाबाट नाम निकालेर विभागमा पदस्थापन भएर कार्यभार सम्हालेको एक वर्ष मात्रै भएको छ । सामान्यतयाः सुरुको पदस्थापन भएको दुई वर्षसम्म कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गरिदैन् । 

कर्मचारीहरु पनि कम्तीमा २ वर्ष एक ठाउँमा रहेर काम गर्न चाहन्छन् । महानिर्देशक ढकालले आफूलाई मन नपरेका कर्मचारीलाई अवधि नै नपुगी सरुवा गराएका छन् । 

उनले आफूले भनेअनुसार खुरुखुरु काम गर्ने निकट कर्मचारीलाई भने ७÷८ वर्षदेखि विभागमै काखी च्यापेर राखेका छन् । केही समयअघि वीर अस्पतालबाट कार्वाहीमा परेर विराटनगर सरुवा भएका श्याम मण्डललाई औषधी व्यवस्था विभागमै काजमा ल्याएका छन् । 

त्यसैगरी, औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख टेकेन्द्र मिश्रलाई औषधी व्यवस्था विभाग तानिएको छ भने औषधी व्यवस्था विभागका निकेश श्रेष्ठलाई विराटनगर पठाइएको छ । त्यस्तै, विभागबाट चतुर्भुज धनाडीलाई डडेल्धुरा पठाइएको छ । डडेल्धुराका विवेक श्रेष्ठलाई वीर अस्पताल र सर्फराज अहमदलाई वीरगञ्जबाट औषधी व्यवस्था विभाग ल्याइएको छ । -हेल्थआवजबाट 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज