सोमपालको दोहोरो धमाका, विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित
काठमाडौं- कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। ब्याटिङ र बलिङ दुवैमा चम्किएका सोमपालले कर्णालीलाई लगातार दोस्रो जित दिलाएका हुन्।
त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। सुरुवाती ओभरमै दबाबमा परेको कर्णालीको इनिङ्स सम्हाल्दै सोमपालले ३२ बलमा अविजित ६२ रन बनाए।
उनलाई गुल्सन झाले बलियो साथ दिए। गुल्सन २१ बलमा २८ रन बनाउँदै अविजित रहे भने पवन सर्राफले २८ बलमा ३६ रन जोडे। विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए। चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले समान एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। टोलीका लागि लोकेश बमले आक्रामक ...


