Advertisement

राष्ट्रियसभाका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने, ४४ जनाको उम्मेदवारी

Advertisement

काठमाण्डौ- आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावमा उम्मेदवारी दिएकाहरुको विरोधमा आज उजुरी दिन सकिनेछ । उम्मेदवारहरूको दाबी विरोधमा उजुरी दिन आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

हिजो सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको छ । राष्ट्रियसभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । कोशी प्रदेशमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएका हेमराज घिमिरे अनुपस्थित भएपछि थापा निर्विरोध हुनुभएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनेको छ । जसअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दर्ता गराएका छन् ।

भागबण्डा नमिलेपछि नेकपाले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । प्रदेशसभाका सदस्य तथा पालिकाका मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभाका मतदाता हुन्छन् । प्रदेश सांसदको मतभार ५३ र पालिका प्रतिनिधिको मतभार १९ कायम छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज