Advertisement

एनपीएल क्रिकेट सम्पन्न, कसले के पुरस्कार जिते ?

Advertisement

काठमाण्डौ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सम्पन्न भएको छ । यही मंसिर १ गतेदेखि काठमाण्डौको त्रिवि क्रिकेट रङ्गशालामा शुरू भएको प्रतियोगिता हिजो सनिवार फाइनल खेलसँगै समापन भएको हो ।

प्रतियोगितामा आठ टोली सहभागी थिए । साविक उपविजेता सुदूरपश्चिम रोयल्स र पहिलो पटक फाइनलमा पुगेको लुम्बिनी लायन्स उपाधिका लागि खेले । सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएल क्रिकेटको दोस्रो सिजनको विजेता बन्न सफल भएको छ । फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेता बन्यो । अघिल्लो संस्करणमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित भएको थियो ।

हिजोको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले हृयाट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभर १ बलमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्यो । एनपीएल इतिहासमा पहिला ब्याटिङ गरेको टोलीले बनाएको यो सबैभन्दा कम स्कोर पनि हो । सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका रुबेन ट्रम्पलमन र सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् ।

कसले के पुरस्कार जिते ?
लुम्बिनीले उपाधि जितेको खेलमा प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी लुम्बिनी लायन्सका रोहित पौडेलले ओमोडा कार प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट ब्याटर पनि बनेका उनले पल्सर बाइक पनि प्राप्त गरेका छन् । रोहितले समग्रमा २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए । यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए । बोहराले दुई लाख रुपैयाँ पाएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका रुबेन ट्रम्पलमन भएका छन् । उनले १५ विकेट लिए । पुरस्कार ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने बने । उनले पल्सर बाइक प्राप्त गरेका छन् ।

लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरेका छन् । हिजो भएको फाइनल खेलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन भएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछाम- अछामको ढकारी गाउँपालिकाका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि स्थानीयवासी सञ्चार सेवाबाट प्रभावित भएका छन...
भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज