Advertisement

चुरे गाउँपालिकामा २२औं निजामती सेवा दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न

Advertisement

धनगढी, भदौ २२ ।

चुरे गाउँपालिकाले २२औं निजामती सेवा दिवस २०८२ विविध कार्यक्रमसहित मनाएको छ।

दिवसको अवसरमा बिहान कार्यालय परिसर सरसफाइ गरिएको थियो भने दिउँसो २ बजेदेखि कर्मचारी मैत्री ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा पालिकाअन्तर्गतका कर्मचारीहरुबाट नौ टिम दर्ता भएका थिए। लिग चरणमा सम्पन्न खेल अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई सम्मान गरिएको हो।

प्रतियोगितामा टिम दरी झरनाका दिपेन्द्र मलासी र दीपक कार्की पहिलो स्थान हासिल गर्दै विजेता बने। टिम कम्पासे धुराका दयानन्द जोशी र प्रेम बोहरा दोस्रो स्थानमा रहँदा, टिम गर्भादरबारका नरेन्द्र बिरकट्टामगर र पुस्कर अर्खालीमगर तेस्रो स्थानमा रहे। त्यस्तै, टिम ठुलीखालीका धर्मराज भट्ट र भुवन आचार्यले सान्त्वना स्थान प्राप्त गरेका छन्।

विजेताहरुलाई प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार सहित सम्मान गरिएको थियो।

कार्यक्रम चुरे गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत धर्मराज भट्टको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी प्रमुख अतिथि तथा उपाध्यक्ष धना देवी थापा विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक विक्रम बहादुर बोहराले गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज