काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै, अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
राति देशभर सामान्यतया बदली रहनेछ भने सुदूरपश्चिम, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा तथा बाँकी पहाडी र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

