Advertisement

आज तीजको दर खाने दिन

Advertisement

काठमाडौं- हरितालिका तीजको अघिल्लो दिन आज देशभर दर खाएर मनाइँदै छ। दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार सेवन गर्दै रमाइलो गर्ने परम्परा रहिआएको छ। तीजको दिन निराहार व्रत बस्ने भएकाले अघिल्लो दिन पौष्टिक खाना खाने चलन रहेको विश्वास गरिन्छ।

एक दिन मात्र दर खाने परम्परा भए पनि हाल काठमाडौंलगायत शहरी क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ। साथै विभिन्न संघसंस्था र कार्यालयहरूले तीज मिलन कार्यक्रम आयोजना गर्ने प्रचलन बढ्दो छ।

पौराणिक विश्वासअनुसार देवी पार्वतीले भगवान शिवलाई पति पाउन निराहार व्रत बसेपछि आफ्नो कामना पूरा भएको थियो। त्यसैको सम्झनामा विवाहित महिलाले पतिको दीर्घायु र स्वास्थ्यको कामना गर्दै तथा अविवाहित महिलाले सुयोग्य बर पाउने आशामा तीजको व्रत बस्ने गर्छन्। तीजको दिन काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा व्रतालुको ठूलो भीड लाग्ने गर्दछ। पूजाआजापछि महिला–पुरुष एकैठाउँ भेला भई तीज गीत गाउने, नाच्ने र उल्लासपूर्ण वातावरण सृजना गर्ने परम्परा छ।

यस वर्ष तीजको चारदिने पर्व सोमबार दर खाने दिनबाट सुरु भएको छ। मंगलबार मुख्य दिन मानिने तीजमा महिलाले निराहार व्रत बसेर भगवान शिवको आराधना गर्नेछन्। बुधबार गणेश चौथी पर्व मनाइनेछ भने बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गर्दै पर्व समापन गरिनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज