Advertisement

अस्पताल विकास समितिका करार कर्मचारीलाई स्थायी गर्न कर्मचारी यूनियनको माग

Advertisement

काठमाडौँ । अस्पताल विकास समितिमा कार्यरत करार कर्मचारीलाई स्थायी नियुक्ति गर्नुपर्ने मागसहित कर्मचारी यूनियनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विधेयक संशोधन गर्न सुझाव दिएको छ।

मन्त्रालयले तयार पारेको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको व्यवस्था गर्न बनेको विधेयक को मस्यौदा अध्ययनपछि यूनियनले औपचारिक सुझाव पेस गरेको हो।

यूनियनका सचिव मनिष कुमार झाले पठाएको सुझावपत्रमा दफा १५(१) — जसअनुसार अस्पतालले स्थायी नियुक्ति गर्न नपाउने व्यवस्था गरिएको छ — खारेज गर्न माग गरिएको छ। उनले विगतमा विकास समितिमा नियुक्त सबै कर्मचारीलाई एक पटकका लागि प्रक्रिया पूरा गरी स्थायी गर्नुपर्ने र नयाँ भर्ना भने ऐनअनुसार गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

त्यस्तै, दफा १५(३) मा करार कर्मचारीलाई मन्त्रालयले आवश्यकताअनुसार एक अस्पतालबाट अर्कोमा खटाउन सक्ने प्रावधानसमेत हटाउन माग गरिएको छ। यूनियनले कर्मचारी स्वेच्छाले मात्र सरुवा हुने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

साथै, २०७६ सालअघि विकास समितिमा नियुक्त कर्मचारीलाई एक तह स्तरवृद्धि दिनुपर्ने, श्रम ऐन २०७४ तथा सामाजिक सुरक्षा ऐन २०७४ अनुसार ट्रेड यूनियन खोल्ने अधिकार सुनिश्चित गर्नुपर्ने, र कर्मचारी समस्या समाधानमा यूनियन प्रतिनिधि संरचना समावेश गर्नुपर्ने माग राखिएको छ।

यूनियनको भनाइमा, “संघीय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्थामाअनुसार स्थायी अवसर नदिँदा चिकित्सक तथा कर्मचारीको मनोबल घट्ने, कार्यक्षमता कमजोर हुने र लोकतान्त्रिक मूल्य विपरीत परिणाम आउने खतरा रहन्छ।”

निजामती सेवा ऐन २४(घ) को प्रावधानअनुसार एक पटकका लागि विकास समितिका कर्मचारीलाई पनि स्थायी गर्ने अवसर दिनुपर्ने यूनियनको माग छ। मन्त्रालयले तयार गरेको मस्यौदा पारित भएमा कर्मचारीको सेवाशर्त, पदस्थापन र स्थायीत्वमा ठूलो प्रभाव पर्ने भएकाले यसबारे विस्तृत छलफल आवश्यक रहेको यूनियनले स्पष्ट पारेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज