Advertisement

धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १५ महिनामा करिब साढे २१ हजारको उपचार

Advertisement

धनगढी: कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा एक वर्ष १६ हजारभन्दा बढीले उपचार गराएका छन्। गत आर्थिक वर्षमा आयुर्वेद चिकित्सालयबाट १६ हजार ३ सय ८० जना बिरामीको उपचार भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामीको संख्या बढी रहेको आयुर्वेदिक चिकित्सालयका वैद्यनिरीक्षक तथा सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले बताए। उनका अनुसार गत आर्थिक वर्षको असोज ११ गतेदेखि असार मसान्तसम्म विभिन्न रोगका ११ हजार २ सय महिला र ५ हजार १ सय १८ पुरुषले उपचार सेवा लिएका छन् ।

cp

चालु आवको श्रावणदेखि कार्तिक मसान्तसम्म ५ सय ८५ जनाले ओपडी सेवा लिएको चिकित्सालयको तथ्याङ्क छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट बिरामी आउने गरेको सूचना अधिकारी शाहीले बताए । ‘ चिकित्सालयमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ’ उनले भने ‘आयुर्वेद औषधिको साइड इफेक्ट कम हुने भएकाले पनि बिरामीको सङ्ख्या बढ्दैछ’। ‘नसर्ने रोगका लागि आयुर्वेदमा औषधिदेखि लिएर जीवनशैलीसम्बन्धी परामर्श हुन्छ, त्यसैले यसमा आकर्षण बढ्दो छ’ शाहीले भने । अन्यत्र औषधि गरेर थाकेका विरामीले आयुर्वेद चिकित्सालयमा आएर उपचार गराउँदा सन्चो भएको बिरामीले बताउने गरेको शाहीको दाबी छ। आयुर्वेद चिकित्सालयमा बाथ, अम्लपित्त र पेटको रोगका बिरामी बढी आउने गरेको शाहीले बताए ।

२०९७ असोज ११ बाट सेवा सुरु गरेको आयुर्वेद चिकित्सालयमा ओपिडी, एक्सरे, प्याथोलोजी, पूर्वकर्म, पञ्चकर्म सेवा सञ्चालनमा रहेको छ। चिकित्सालयमा १ जना होमियोपेथिक र ४ जना आयुर्वेद चिकित्सकले सेवा दिइरहेका छन् । चिकित्सायलयमा बिहान ५ देखि ७ बजेसम्म योग सेवा पनि सञ्चालनमा रहेको छ । चिकित्सालयले अस्पताल फार्मेसी, आइपिडी, पायल्स र फिष्टुलाको छारसुत्र (अप्रेशन) सेवाहरू सुरु गर्न लागेको सूचना अधिकारी शाहीले बताए ।

नेपाल सरकारबाट उपलब्ध हुने २३ थरीको औषधि चिकित्सालयबाट बिरामीलाई निःशुल्क प्रदान हुने गरेको बताए। गत वर्ष सबै उपचार सेवा नि:शुल्क गरिए पनि यो वर्षबाट ओपिडी टिकट, एक्सरे, ल्याव सेवाकोे न्यूनतम शुल्क लिने थालिएको छ। तर, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई भने पूर्ण नि:शुल्क सेवा दिने व्यवस्था छ। चिकित्सालयबाट १५ महिनामा २१ हजार ४ सय ९८ जनाले उपचार सेवा लिएका छन । ( रासस)

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचा...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको ...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको र...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्...
गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज