Advertisement

१७ वर्षीया सम्झना भट्टको रहस्यमय मृत्युः प्रेम विवाहपछिको पाँच महिनामै झुन्डिएको अवस्थामा शव फेला

Advertisement

कञ्चनपुर, बेलडाँडी | कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्ट आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। पाँच महिनाअघि प्रेम विवाह गरेकी सम्झनाको मृत्यु रहस्यमय बनेको छ, किनभने घटनाको केही घण्टा अघिमात्रै उनले “मलाई बचाउनुहोस्” भन्ने अन्तिम फोनकल गरेकी थिइन्।

सम्झना हाल कक्षा १२ मा अध्ययनरत थिइन्। उनको शव बन्द कोठामा सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनापछि मृतकका परिवारले यो आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै श्रीमान् पवन भट्टसहित उनका परिवारजनविरुद्ध किटानी जाहेरी दिएका छन्।

श्रीमान्, सासू-ससुरा पक्राउ, देवरानी फरार

प्रहरीले उजुरीका आधारमा २४ वर्षीय श्रीमान् पवन भट्ट, उनकी आमा ४० वर्षीया किरण भट्ट र बुबा ५० वर्षीय हरिकृष्ण भट्टलाई पक्राउ गरेको छ। यसैबीच, अमेरिका जान तयारीमा रहेकी पवनकी दिदी २८ वर्षीया पूजा भट्ट भने हाल फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

मलाई बचाउनुहोस्” – मृत्युअघिको रुँदै गरेको फोनकल

स्रोतहरूका अनुसार सम्झनाले निधन हुनुअघि काठमाडौंमा बस्ने आफ्नी फुपूलाई फोन गरी रुँदै भनेकी थिइन्, “मलाई कुटपिट गरिरहेका छन्, जतिबेला पनि मार्न सक्छन्, मलाई बचाउनुहोस्।”

उनको फोनपछि फुपूले तत्काल सम्झनाकी आमालाई खबर गरेकी थिइन्। सम्झनाको आमा र बहिनी महेन्द्रनगरबाट तत्कालै बेलडाँडी पुगेका थिए, तर सम्झनालाई कोठाभित्र झुन्डिएको अवस्थामा फेला पारे।

विवाहपछि निरन्तर यातना

मृतकका बुबा भोजराज भट्टका अनुसार, विवाहपछि सम्झना निरन्तर मानसिक र शारीरिक यातनाको सिकार भएकी थिइन्। केही समय माइतीघर बसेपछि सम्झनालाई चार दिनअघि मात्र “अबदेखि राम्रोसँग राख्ने” भन्दै श्रीमान्ले घर लगेका थिए। तर सो वाचा केही दिनमै सम्झनाको मृत्युमै परिणत भयो।

आत्महत्या कि हत्या ? अनुसन्धान जारी

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मृतकका बुवाको जाहेरीका आधारमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दर्ता गरिएको छ। प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले घटनालाई अत्यन्त संवेदनशील भन्दै विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार, शवको पोस्टमार्टम महाकाली अस्पतालमा भइरहेको छ र अनुसन्धानको सिलसिलामा पक्राउ परेकाको म्याद थपिएको छ।

समाजका लागि गम्भीर प्रश्न

१७ वर्षमै ज्यान गुमाएकी सम्झनाको घटनाले बालविवाह, प्रेम विवाह, घरेलु हिंसा र महिला सुरक्षाका विषयमा गम्भीर बहस र प्रश्न उठाएको छ। पीडित परिवारले दोषीलाई कानुनी कारबाहीको माग गर्दै न्यायको गुहार गरिरहेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज