Advertisement

पदको खेल, जनताको बेवास्ता: के अब जनताले विकल्प खोज्न थाले ?

Advertisement

नेपालमा संविधान जारी भएको दशक बितिसक्दा पनि राजनीतिक स्थायित्व, सुशासन र विकासका आशा अधुरै छन्। चुनाव आउँदा देखिने साना दलहरूको मिलिजुली गठबन्धन, चुनावपछि बन्ने सरकारमा हुने गुटबन्दीको फेरबदल अनि फेरि गठबन्धन टुटेर अर्को सरकार—यही चक्रमा नेपाली राजनीति अझै अल्झिएको छ।
राजनीति अब विचार होइन, कुर्सीको खेल मात्र बनेको छ। जनताको अवस्था हेर्दा, न योजना देखिन्छ, न दीर्घकालीन प्रतिबद्धता।”

गठबन्धन फेरफार, तर समस्या उस्तै

देशमा सरकार गठन गर्ने बेला देखिने गठबन्धन राजनीतिक स्वार्थमा आधारित छन्, नीति र सिद्धान्तमा होइन। चुनावअघि एउटै गठबन्धन जनताको अगाडि आउँछ, तर सरकार बनाउन र टिकाउन गुटअनुसार समीकरण फेरिन्छ।
यसरी:

नीति भन्दा गुट हाबी,

विकास भन्दा भागबन्डा प्राथमिक,

जनमत भन्दा व्यक्तिगत आकांक्षा प्राथमिक बनिरहेको देखिन्छ।

जनताको जीवनस्तर उस्तै: बेरोजगारी, शिक्षा–स्वास्थ्य संकट

राजनीतिको अस्थिरता र अव्यवस्थाको सिधा असर जनजीवनमा परेको छ। गाउँपालिका अध्यक्ष बोहराका अनुसार, “सडक, शिक्षा, स्वास्थ्य, कृषि सबैजसो क्षेत्रमा समस्या यथावत् छन्। बेरोजगारी र गरिबीले गाउँ छाडेर वैदेशिक रोजगारको बाटो रोज्न विवश छन् हजारौं युवा।”
प्रमुख समस्याहरू:

बेरोजगारी र गरिबीको चपेटामा ग्रामीण जनता

शिक्षा र स्वास्थ्यमा गुणस्तरहीनता

कृषिमा आधुनिकीकरण अभाव

युवाको विदेश पलायन तीव्र

न निरन्तरता, न जवाफदेहिता

एक सरकारले सुरु गरेको योजना अर्को सरकारले रोकिन्छ, फेरि अर्कै नीति लागू हुन्छ। यसरी नीति र योजना निरन्तरता नपाउँदा करोडौं खर्च भएका आयोजनाहरू अलपत्र छन्।
बोहरा भन्छन्, “कुनै पनि सरकार वा मन्त्री पाँच वर्ष योजनाबद्धरूपमा बसेर परिणाममुखी काम गर्न चाहँदैन। उनीहरू केवल आफ्नो गुटका मान्छे भर्ना गर्ने, बजेट भागबन्डा गर्ने र सत्तामा बस्ने स्वार्थमा लाग्छन्।”

जनता निराश: विकल्प खोज्न थाले

जनताको धैर्य अब टुट्न थालेको छ। विगतका जति पनि ठूला दल र नेताहरुले देखाएको सपना झुटो सावित हुँदै जाँदा जनता वैकल्पिक शक्तिको खोजीमा छन्।
अध्यक्ष बोहराका अनुसार, “अब न पर्याप्त नारा बाँकी छन्, न पुराना सपना। जनता विकल्प खोज्न बाध्य छन्। अहिलेको चेतावनी स्पष्ट छ — हस्ताक्षरमार्फत् यो जनभावना सार्वजनिकरूपमा देखिन थालेको छ।”

वैकल्पिक शक्तिको उदय सम्भव ?

देशका विभिन्न ठाउँमा स्वतःस्फूर्त रूपमा वैकल्पिक नेतृत्वको खोजी भइरहेको छ। विचार, नीति र जनजिवनसँग जोडिएको नेतृत्वको माग तीव्र हुँदैछ।
बोहरा जोड दिन्छन्, “हिजोका सिद्धान्तविहीन, विचारविहीन, भूमिकाविहीन पार्टीहरूबाट अबको नेपाल बन्दैन। अब चेतनाको राजनीति चाहिएको छ—जहाँ व्यक्तिगत होइन, राष्ट्रहित र जनसेवा सर्वोपरि होस्।”

निष्कर्ष
नेपालको राजनीति दिशाहीन बनेको, र जनतालाई प्राथमिकतामा नराखिएको तथ्य आम जनमानसमा फैलिइसकेको छ। राजनीतिक दलहरू गम्भीर नबने अब वैकल्पिक शक्तिहरूको उदय अपरिहार्य देखिन थालेको छ। के वर्तमान नेताहरूले यो चेतावनी बुझ्नेछन्? कि फेरि पनि “पदको खेल” नै जारी रहनेछ ?

– गणेश बहादुर बोहरा 

अध्यक्ष केदारस्यूँ गाउँपालिका बझाङ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज