Advertisement

आईपीएलमा पञ्जाब किङ्ग्सको शानदार जित, बेङ्गलुरु ५ विकेटले पराजित

Advertisement

काठमाडौँ – भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई ५ विकेटले हराउँदै प्रतियोगिताको पाँचौं जित दर्ता गरेको छ।

गएराति बेङ्गलुरुको घरेलु मैदानमा भएको खेलमा पञ्जाबले ९६ रनको लक्ष्य १२.१ ओभरमा ५ विकेट गुमाउँदै सहज रूपमा पूरा गर्‍यो।

पञ्जाबका नेहाल वाडेराले अविजित ३३ रन बनाए भने बेङ्गलुरुका जोश हेजलउडले ३ र भुवनेश्वर कुमारले २ विकेट लिए।

वर्षाले प्रभावित खेल ढिलो सुरु भएको थियो। निर्धारित २० ओभरको खेल घटाएर १४ ओभरमा झारिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलुरुले ९५ रन मात्र बनाएको थियो।

उसको सुरुवात निकै कमजोर रह्यो – ७ विकेट गुमाउँदा मात्र ४२ रन जोडिएको थियो। त्यसपछि टिम डेविडले अविजित अर्धशतक बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

पञ्जाबका अर्शदीप सिंह, मार्को जानसेन, युजभेन्द्र चाहाल र हरप्रीत ब्रारले समान २–२ विकेट लिए।

यो जितसँगै पञ्जाबले ७ खेलमा १० अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बेङ्गलुरुले भने समान खेलमा ८ अंक जोड्दै चौथो स्थानमा छ।

आज आईपीएलमा दुई खेल हुँदैछन्:
– दिउँसो ३:४५ बजे: गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स
– बेलुका ७:४५ बजे: राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज