Advertisement

सुदूरपश्चिमका भाषा लोप हुँदै, देउवाले दिए सचेत रहन आग्रह

Advertisement

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमका भाषा हराउँदै जान थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

देउडा समाज केन्द्रीय कार्यालयले सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउडाखेल तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै देउवाले भाषा हराउँदै जानु दुःखद र चिन्ताजनक भएको बताए।

उनले भने, “जुन समाजको भाषा लोप हुन्छ, त्यो समाज कमजोर र विखण्डित बन्छ भन्ने भनाइ छ। हामी अहिले आफ्नै भाषा बोल्न छाड्दै गएका छौं। सबैजना नेपाली मात्र बोल्न थालेका छन्। केही त आफ्ना छोराछोरीसँग नेपाली होइन, सिधै अंग्रेजीमै बोल्न थालेका छन्।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका डडेल्धुरा निवासी देउवाले संसारभर आफ्ना भाषा जोगाउन विभिन्न संघर्षहरू भइरहेको उल्लेख गर्दै भने, “हामीले पनि सुदूरपश्चिमका भाषा बचाउन प्रयास गर्नैपर्छ। सबैको योगदान जरुरी छ।”

उनले भाषा मात्र नभइ सुदूरपश्चिमको संस्कृति पनि जोगाउन आवश्यक रहेको बताए। साथै, १ वैशाखलाई विशु संक्रान्तिका रूपमा मनाइने सुदूरपश्चिमको सांस्कृतिक महत्वसमेत उनले स्मरण गरे।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज