Advertisement

देउसी भैलोको पैसाबाट सुर्मा मन्दिरमा ९ केजीको घण्टा चढाइयो

Advertisement

बझाङ — बझाङको सदरमुकाम चैनपुरस्थित प्रशासन टोलका स्थानीय महिला तथा पुरुषहरुले देउसी भैलो खेलेर उठाएको रकम धार्मिक कार्यमा लगाएका छन् ।
तिहारको बेला मौलिक सांस्कृतिक परम्परालाई संरक्षण गर्दै संकलन गरिएको उक्त रकमबाट जिल्लाको प्रसिद्ध सुर्मा मन्दिरमा ९ केजी तौल भएको विशाल घण्टा चढाइएको हो।
स्थानीय अगुवा रमलाल बोहराको नेतृत्वमा गठित टोलीले यस वर्षको देउसी भैलो अभियानलाई केवल मनोरञ्जनमा सीमित नराखी, समाजप्रति उत्तरदायित्व बहन गर्ने खालको उदाहरणीय कार्यमा रुपान्तरण गरेको हो । टोलमा संकलित रकममध्ये केही हिस्सा अन्य सामाजिक कार्यहरूमा समेत खर्च गरिएको स्थानीय रुमला जाग्रीले जानकारी दिइन्।


“हामीले सबैको सहकार्यमा यो कदम चालेका हौं। बाँकी रहेको रकमबाट ९ केजीको घण्टा खरिद गरी सुर्मा मन्दिरमा चढायौं। यसले हाम्रो संस्कृतिलाई मात्र नभई आस्थालाई पनि बलियो बनाएको छ ।
उक्त टोलले समुदायको सहकार्य र एकताको पनि ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ। सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपमा प्रेरणादायी बनेको यो कार्यले अबका दिनमा अन्य टोल तथा गाउँहरूलाई पनि यस्तै सकारात्मक पहल गर्न हौसला दिने विश्वास गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज