Advertisement

सेती प्रादेशिक अस्पताल संघीयकरणको तयारी, सुदूरपश्चिम सरकारले पत्राचार गर्‍यो

Advertisement

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई संघीय सरकारअन्तर्गत ल्याई संघीय अस्पतालका रूपमा सञ्चालन गर्न नेपाल सरकारलाई पत्राचार गरेको छ।

प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सेती अस्पताललाई संघीय अस्पतालमा रूपान्तरण गर्न अनुरोध गर्ने निर्णय गरेपछि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो। सोही निर्णयअनुसार, सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयबाट आवश्यक फाइल तयार गरी संघीय स्वास्थ्य मन्त्रालयलाई पठाइएको छ। आइतबार प्रदेश सरकारका प्रतिनिधिहरूले उक्त फाइल संघीय स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बुझाएका छन्।

प्रदेश सरकारले सेती अस्पताल संघीयकरण गर्दा गेटा अस्पतालमा विशिष्टिकृत सेवा प्रदान गर्न सहज हुने र गेटामा प्रस्तावित मेडिकल विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने जनाएको छ।

नेपाल फर्मास्युटिकल एसोसियसन, सुदूरपश्चिम प्रदेशका सचिव माहा ओम  राज जोशीले हालको प्रदेश सरकारको बजेटले सेती अस्पताललाई धान्न नसक्ने भएकाले संघीय सरकार मातहत ल्याउने निर्णय अत्यन्त सकारात्मक रहेको बताए। उनले छिटोभन्दा छिटो प्रदेश सरकारको पत्रलाई केन्द्र सरकारले सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।

हाल सेती प्रादेशिक अस्पताल ५० शय्याको क्षमतासहित सञ्चालनमा रहेको छ। अस्पतालमा विभिन्न पदमा गरी ५१३ जना कर्मचारी कार्यरत छन्। संघीयकरणको प्रक्रिया पूरा भएपछि अस्पतालको संरचना, सेवा र जनशक्ति व्यवस्थापन थप व्यवस्थित हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज