Advertisement

म किन सधैं एक्लो महसुस गर्छु ?

Advertisement

दिपेन्द्र धामी- बझाङ ।
जीवन अनपेक्षित मोडहरूबाट भरिएको छ। कहिले उज्यालो, कहिले अँध्यारो। बाल्यकालमा म जसरी पनि रमाउन सक्थें, जीवनप्रति कुनै गम्भीरता लिन जरुरी थिएन। तर उमेरसँगै, समयसँगै, परिस्थितिसँगै, मेरो जीवनको अनुभूति पनि बदलिँदै गयो। युवाअवस्था सम्म प्रवेश गरेँ, तब जीवनको वास्तविकता अझ स्पष्ट हुन थाल्यो। यही वास्तविकताले कहिलेकाहीं मलाई अनौठो एक्लोपनको महसुस गराउँछ।

समय परिवर्तन रहेछ, गाउँमा बिताएका ती सुन्दर दिनहरू सम्झनामा आइरहन्छन्। सिरसिरे बतास, आँगनभरि खेलेका खेल, खेतका आलीहरूमा दौडिएका मेरा पाइला, आमाको मायाले भरिएका दिनहरू ती सबै एक अद्भुत अनुभूति थिए। बाल्यकालमा मलाई सायद “एक्लोपन” भन्ने शब्दको अर्थ नै थाहा थिएन। आमाको अँगालो, बाबाको सल्लाह, दाजुभाइ-दिदीबहिनीको साथले जीवन सरल लाग्थ्यो। तर, समयको गतिसँगै जीवनका यी मिठासपूर्ण क्षणहरू केवल सम्झनाको पानामा सीमित हुँदै गए। स्कूलदेखि कलेजसम्मको यात्रा गर्दा मैले धेरै साथीहरू बनाएँ, तर ती सम्बन्धहरू समयसँगै परिवर्तन भइरहे।

समय अघि बढ्दै जाँदा, जिम्मेवारीहरू थपिँदै गए। परिवारका लागि, भविष्यका लागि, करिअरका लागि म अनेकौं कुराहरू सोच्न थालेँ। जब गाउँ छोडेर सहर आएँ, तब मानिसहरूको भीडमा आफैंलाई हराएको महसुस गर्न थालेँ। चारैतिर उज्याला बत्तीहरू चम्किए पनि, भित्रभित्रै मेरो मन गाढा अँध्यारोले ढाकिन थाल्यो।
हजारौं मानिसहरूको भीडभाडभित्र यात्रा गर्दा, साथीभाइहरूसँग बसेर हाँस्दा, सामाजिक सञ्जालमा हरेक दिन नयाँ मान्छेहरूसँग कुराकानी गर्दा पनि किन मेरो मन सधैं अधुरो महसुस गर्छ? किन मभित्र एक खालीपन छ? किन लाग्छ, म सधैं एक्लै छु?

हरेक सहरको व्यस्त सडकमा हजारौं गाडी गुडिरहेका हुन्छन्, मान्छेहरू भागदौड गरिरहेका हुन्छन्। कोही काममा हतारिएका छन्, कोही प्रेमिका-प्रेमीसँग रमाइरहेका छन्, कोही परिवारसँग किनमेल गरिरहेका छन्। ती सबै हाँसिरहेका छन्, रमाइरहेका छन्। तर मभित्र एउटा अनकन्टार शून्यता छ।
जब साथीहरूसँग घुम्न जान्छु, जब रमाइलो गरिन्छ, त्यो क्षणभरको खुसी मात्र हो। घर फर्केपछि फेरि त्यही एक्लोपनले पछ्याउँछ। जीवनको यथार्थता यही रहेछ,समयसँगै सम्बन्धहरू परिवर्तन हुन्छन्। बाल्यकालमा जस्तो निश्चल प्रेम र माया अब कतै भेटिंदैन। सबै कुरामा स्वार्थ मिसिएको अनुभूति हुन्छ। कोही स्वार्थी रूपमा सम्बन्ध बनाउँछन्, कोही स्वार्थ पूरा भएपछि टाढिन्छन्। यही स्वार्थले गर्दा मनमा भित्री चोट परिरहेको छ।

म मात्रै एक्लो छु कि यो सबै मानिसको अनुभव हो? यो प्रश्नले कहिलेकाहीँ मनमा तरंग पैदा गर्छ। हरेक मान्छे आफ्नो जीवनमा कुनै न कुनै समयमा एक्लोपन महसुस गर्छ। तर जीवनको नियम यही हो,हामीले आफ्नो यात्रा आफैं तय गर्नुपर्छ। जन्मदेखि मृत्युको बाटोमा, हामीसँग कोही कहिल्यै स्थायी रूपमा रहँदैन। साथीहरू बदलिन्छन्, परिवारका सदस्यहरू पनि समयसँगै टाढिन्छन्।

मेरो मनसाय मा जीवन भनेकै परिवर्तन हो। एक्लोपन केवल मेरो मनको एउटा स्थिति हो, जुन परिस्थिति अनुसार आउँछ-जाँछ।
जीवन सधैं एउटै रहँदैन। म सधैं एक्लै रहन चाहन्नँ, तर कहिलेकाहीं एक्लै हुनु आवश्यक पनि रहेछ। आत्मविश्लेषण गर्न, आफ्नो लक्ष्य पहिचान गर्न, आत्मनिर्भर बन्न एक्लोपनले नै मलाई यी सबै कुरामा मद्दत गर्छ। जस्तै आत्मस्वीकार, लक्ष्य निर्धारण, ध्यान र मानसिक शान्ति, सामाजिक घुलमिल, सकारात्मक सोच आदि।

जीवन सधैं उस्तै रहँदैन। एक्लोपन एक प्राकृतिक अवस्था हो, जसलाई म आत्म-उन्नतिको अवसर बनाउन सक्छु। सहरको भीडमा हराउँदा पनि, गाउँको न्यानो सम्झिँदा पनि, जब समयले सम्बन्धहरू परिवर्तन गर्छ, जब जीवन अनपेक्षित रूपमा मोडिन्छ, त्यो बेला मैले बुझ्नुपर्छ कि अन्ततः म आफैं मेरो यात्राको यात्री हुँ।
एक्लोपनले मलाई कमजोर बनाउँदैन, बरु बलियो बनाउँछ। जीवनको यात्रामा म कहिल्यै पूर्ण रूपमा एक्लो छैन, किनकि मेरा स्मृतिहरू, सपना, लक्ष्य, र आत्मबल सधैं मसँगै छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज