Advertisement

दलितहरु एकजुट नभएकै कारण अहिले सम्म मुक्ति हुन सकेनौं : संयोजक विश्वकर्मा

Advertisement

धनगढी- धनगढीमा राष्ट्रिय दलित गोलमेच सम्मेलन प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सबै प्रकारका विभेद र भेदभाव जातिय छुवाछुतको बिरोधमा हातेमालो गरौं भन्ने मुलनाराको साथ सुरु भएको प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । दलित एकताका लागि शनिबार गोलमेच सम्मेलन आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै दलितहरु एकजुट नभएकै कारण अहिले सम्म मुक्ति हुन नसकेको राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डाः निर्मल विश्वकर्माले बताए ।
उनले भने पहिलो पटक आयोजना गरिएको गोलमेच सम्मेलनले नेपालको दलित आन्दोलनमा नयाँ कोर्स सुरु गरेको छ,, हामी सबै पीडामा छौ, पीडामा मलम लगाउने हो भने दलितका सवालमा हामी सबै एक ठाउँमा आउन जरुरी छ ।
सत्ता र शक्तिमा नभएकै कारण दलित समुदायले अझै हत्या, हिंसा र जातीय विभेदको शिकार हुनु परेको बताउदै डाः निर्मल विश्वकर्माले गोल मेच सम्मेलन दलित समुदायलाई सत्ता र शक्ति आर्जन गर्ने माध्याम बन्ने बताए । एक पटक सबैले पार्टीगत स्वार्थ भन्दा माथि उठेर सम्पूर्ण दलित समुदायको हितका लागि आवाज बुलन्द गर्न तथा शक्ति निर्माण गर्न एकताको आवश्यकता भएको उनको भनाई छ ।

यस्तै उनले हाम्रा समस्याहरु ज्यूका त्यू छन,, दलित समुदाय अरुलाई सत्तामा पु¥याउने भ¥याङ बन्दै गएको छ ,, अब एक पटक दलित समुदायलाई सत्तामा पु¥याउन जरुरी छ । शक्ति के हो भनेर देखाउन जरुरीको समेत बताए ।

त्यसैगरी साहित्यकार तथा लेखक सरोज दिलु विश्वकर्माले समुदायका आवाजहरुलाई समेटेर गोलमेच सम्मेलनका लागी विषय बस्तु तयार गरिने बताए ।
उनले यसका लागि सबैसंग सहकार्य सहयोग र छलफल सुरु गरिएको बताए । राजनैतिक दलका नेताहरु समुदायका, मन्त्री सांसद र बुद्धीजिवीहरुसंग छलफल गरिने उनले बताए । दलित समुदायले भोग्दै आएको पीडाको अन्त्य ऐतीहासिक गोलमेच सम्मेलनबाट गरिने उनले जानकारी दिए । त्यसैगरी राष्ट्रिय दलित गोलमेच सम्मेलनका प्रबक्ता अग्नी शीखाले गोलमेच सम्मेलन सम्बन्धी अन्र्तक्रया कार्यक्रमको सुरुबात सुरुपश्चिम प्रदेशको धनगढीबाट सुरु गरिएको बताए ।
उनले चैत्र ३ गते कर्णाली प्रदेशको सुर्खेत र ४ गते लुम्बीनी प्रदेशको नेपालगञ्जमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । उनले बैशाखमा काठमाण्डौमा गोलमेच सम्मेलन गर्ने जानकारी गराउदै सबै प्रदेशमा अन्तर््क्रिया गरेर मिति तय गर्ने जानकारी गराए ।
देशभरीका दलित समुदायका अभियन्ताहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले वैशाखमा राष्ट्रिय दलित गोलमेच सम्मेलन गर्ने निर्णय गरेको जानकारी गराउदै गोलमेच सम्मेलनका प्रवक्ता अग्निशिखाले गोलमेच सम्मेलनको आवश्यकता र वर्तमान राज्य सत्ताको चरित्र र दलित, दलित समुदाय भित्रको विभेद सम्बन्धी जानकारी गराएका थिए ।
कार्यक्रम्मा गोलमेच सम्मेलनले अन्तराष्ट्रिय र राष्ट्रिय सिकाइ, गोलमेच सम्मेलनको आवश्यकता, गोलमेच सम्मेलन तयारीको पृष्ठभूमि, गोलमेच सम्मेलनको व्यवस्थापन, गोलमेच सम्मेलनको विधि र भावी योजना बारे पनि छलफल गरिएको थियो ।
सम्मेलन मार्फत वर्तमान अन्तर्राष्ट्रिय परिवेश, दलित समुदायको पहिचान र इतिहास, दलित समुदायका सन्दर्भमा सामाजिक विभेदको विश्लेषण, राज्य सत्ता, राजनीतिक पार्टी र शासकहरुमा नीति, नियत र व्यवहार विश्लेषण, दलित मुक्तिको दर्शन र सिद्धान्तः समाजवाद, दलित मुक्तिको सवाल राजनीतिक हो कि सामाजिक हो कि ? धार्मिक ? दलित समुदायको पहिचान, दलित शब्द राख्ने कि नराख्ने लगायतका विषयमा साझा एजेन्डा विकास गरिने जानकारी गराईएको थियो ।
कार्यक्रम्मा मिसन अम्वेडकर नेपालका अध्यक्ष मनोज जैगडी, दलितका लागि दलित अभियानका सुदूरपश्चिम संयोजक सुरत भूल,नेपाल परिवार दलका सुदूरपश्चिम संयोजक खड्क नागरी,राजनितिक दलका दलित प्रतिनिधी,वडा अध्यक्ष, क्रियाशिल लित पत्रकार संघका केन्द्रिय सचिव धीरज सिह प्रपाला लगायतका ब्यक्तिहरुले दलित समुदायले भोग्दै आएका समस्या र समाधानका लागी गर्नु पर्ने कामका विषयमा आ आफ्ना विचारहरु राखेका थिए ।
कैलास आउजीको सभापतीत्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रमबाट सुरत भुलको संयोजकत्वमा राष्ट्रिय दलित गोलमेच सम्मेलन सुदूर पश्चिम प्रदेश समन्व समिति गठन गरिएको दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतका सदस्य सुसिल ओखेडाले जानकारी दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज