धनगढी- दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका शिक्षकको उपचारका क्रममा ज्यान गएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका- ७ देवथली घर भएका ३६ वर्षीय शिक्षक केशव राज जोशीको उपचारका क्रममा ज्यान गएको हो ।
शिक्षक जोशी मालिकार्जुन गाउँपालिका- ८ थकतोलीमा मोटरसाइकल दुर्घटना परि गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते जोशीको उपचारको क्रममा शनिबार (आज) विहान काठमाडौंको ट्रमा हस्पिटलमा ज्यान गएको पत्रकार गणेश धामीले जानकारी दिए ।
पत्रकार धामीले उनको उपचारको लागि आर्थिक सहयोग संकलन अभियान समेत सञ्चालन गरेका थिए । जोशीको खुट्टा र कम्मरमा चोट लागेको थियो भने मृगौलाले काम नगरेको अस्पताल स्रोतले जनाएको छ ।
शिक्षक जोशी हुनैनाथ माध्यमिक विद्यालय देवथलीका व्यवस्थापन समिति अध्यक्ष हुन् भने मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत थिए ।

