Advertisement

मेरा विरुद्ध फैलाइएका अफवाह निराधार छन् : एमाले नेता धामी

Advertisement

धनगढी- बझाङको दुर्गाथली गाउँपालिकाको विद्युतिकरण योजनासँग सम्बन्धित विवाद चुलिएपछि नेकपा (एमाले) नेता दल बहादुर धामीले आफ्नो धारणा स्पष्ट पारेका छन्। उनले आफूलाई आधारहीन रूपमा विवादमा तानिएको बताउँदै घटनाको वास्तविक विवरण सार्वजनिक गरेका हुन्।

धामीका अनुसार बझाङका सबै पालिकामा विद्युत विस्तारका लागि ठेक्का परिसकेको भए पनि कानुनी जटिलताका कारण दुर्गाथलि ५, ६, ७ वडामा केन्द्रीय लाइन विस्तार ढिला भएको थियो। यसबारे नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा लेखा उपनिर्देशक लोकेन्द्र साउदसँग छलफल गर्दा उनले “फाइल तलबाट आउनुपर्छ” भन्ने जानकारी दिएका थिए। त्यसपछि धामीले जिल्ला प्रशासनका सम्बन्धित निकायसँग समन्वय गरी फाइल अघि बढाएका थिए।

२०८१ साल कात्तिक मसान्तमा जाप्रि र मंसिर १ गते चुवावनमा आयोजित भेलाबाट वडाको सिफारिस गराई पालिकामा पठाइएको थियो। धामीका अनुसार, “पालिका कार्यकारी झलक दौल्याललाई फोन गरी तीनै वडाको सिफारिस गर्न अनुरोध गरेपछि २०८१ पौष २४ गते मात्र औपचारिक रूपमा सिफारिस गरिएको हो।”

धामीले “पौष ४ गते पालिकाले जाप्रि टोलका लागि मात्र ७५ पोलका लागि सिफारिस गरेको तर बाँकी वडाहरू समावेश नगरिएको” खुलासा गरे। त्यसपछि उनले पहल गर्दै पौष २४ मा थप सिफारिस गराएका थिए।

धामीका अनुसार, पहिलो चरणमा फाइल केन्द्रीय कार्यालयमा पुगेपछि विद्युत प्राधिकरणले “एक पटक सदर नहुने निर्णय गरिसकेको थियो”। उनले यो निर्णय उल्टाउनका लागि थप पहल गर्दै विद्युत वितरण निर्देशनालयका प्रमुख नवराज ओझासँग छलफल गरेका थिए।

उनले थपे, “प्रदेश कार्यालय अत्तरियामा गएर प्रमुख विक्रम अमात्यसँग छलफल गरेपछि मात्र फाइल पुन: केन्द्रमा पठाइयो। तर, कुलमान घिसिङ र उर्जा मन्त्रालयबीचको विवादका कारण केही ढिलाइ भयो।”

धामीले झूटा आरोपको खण्डन गर्दै भने – “विद्युतिकरणका लागि मेरो पहल निर्णायक थियो”

धामीका अनुसार, विद्युत सिफारिस प्रक्रियामा गाउँपालिकाको पनि भूमिका रहेको छ, तर उनीहरूको काम यत्तिमै सीमित थियो। “विद्युतिकरणका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर केन्द्रमा फाइल स्वीकृत गराउने काममा मेरो मुख्य भूमिका रह्यो,” उनले स्पष्ट पारे।

धामीले भने, “गाउँपालिकाले फाइल पठाएको भए पनि हामीले पहल नगरेको भए फाइल पास हुने सम्भावना थिएन।” विद्युत कार्यालयका प्रमुख सुजन खडकासँगको कुराकानी उल्लेख गर्दै उनले भने, “सामान्यतया १ करोडभन्दा माथिको फाइल केन्द्रमा पठाइँदैन, तर हाम्रो विशेष पहलका कारण मात्र यो पास भएको हो।”

धामीले बझाङका पत्रकारहरूलाई नेपाल विद्युत प्राधिकरणको चैनपुर कार्यालयमा गई सक्कल फाइल अध्ययन गर्न आग्रह गरेका छन्। उनले भने, “यदी कोहीले मेरो दाबीमा शंका गर्छ भने, विद्युत प्राधिकरणको फाइल अध्ययन गर्न सक्छ। सत्य कुरा फाइलमै छ।”

धामीले झूटा आरोप लगाउँदै आफ्नो योगदान अस्वीकार गर्न खोज्नेहरूप्रति आक्रोश व्यक्त गर्दै भने, “विद्युत दुर्गाथलीमा उज्यालो ल्याउन हाम्रो टिम सफल भएको छ। २०७९ सालमा निर्वाचन भएको तीन महिनामा नै वडा ३ र ४ मा विद्युत विस्तार हाम्रो पहलमा भएको थियो।”

उनका अनुसार, “त्यस समय पनि गाउँपालिकाका निर्वाचित अध्यक्षले ‘मेरो अनुमति बिना काम नगर्नु’ भनेका थिए, तर हामीले जनताको हितमा काम गर्न कुनै सम्झौता गरेनौं।”

दल बहादुर धामीले दुर्गाथली गाउँपालिकाको विद्युतिकरण योजनामा आफ्नो महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारेका छन्। उनले भने, “मेरा विरुद्ध झूटा अफवाह फैलाइएका छन्। जनता सबै कुरा जान्न योग्य छन्। मैले गरेको प्रयासकै कारण दुर्गाथलिमा विद्युत विस्तार सम्भव भएको हो।”

उनले यस विषयमा सत्य जान्न चाहने जोसुकैले नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूसँग सम्पर्क गर्न सक्ने बताएका छन्। “यदि मेरो भनाइ प्रमाणित गर्न आवश्यक परे, पत्रकारहरूले विद्युत प्राधिकरणको फाइल हेर्न सक्छन्। सत्यता खोज्न म सधैं तयार छु,” उनले भने।

फाइलहरू

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज