Advertisement

बझाङदीप क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच गठबन्धन, सभापतिमा भण्डारीको उम्मेदवारी

Advertisement

बझाङ- बझाङको झोतामा रहेको बझाङदीप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रुपमा रोशन भण्डारीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धनभएपछि नेविसंघका विद्यार्थी नेता रोशन भण्डारीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। । भण्डारीले आफ्नो उम्मेदवारीसँगै शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको हकहित संरक्षण, भौतिक पूर्वाधार विकास र रोजगारमूलक कार्यक्रमलाई आफ्नो प्रमुख एजेन्डा बनाएका हुन् ।

उनले क्याम्पसमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न योग्य प्राध्यापकको व्यवस्था, पुस्तकालय तथा प्रयोगशालाको विस्तार र डिजिटल शिक्षाको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, विद्यार्थीको हकहित संरक्षण गर्दै छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउने, पढ्दै कमाउँदै कार्यक्रम गर्नी, आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई विशेष सहायता उपलब्ध गराउने र शुल्क वृद्धिमा अनावश्यक भार नपरोस् भन्नेमा ध्यान दिने बताएका छन् ।

भण्डारीले भौतिक पूर्वाधार विकास अन्तर्गत क्याम्पसमा स्वच्छ खानेपानी, उचित शौचालय सुविधा, अतिरिक्त कक्षा कोठा, तथा अध्ययनमैत्री वातावरण निर्माण गर्ने योजना अघि सारेका छन् । साथै, स्नातक तहका विद्यार्थीलाई रोजगारी र सीपमूलक तालिम प्रदान गर्दै इन्टर्नशिप तथा रोजगारसम्बन्धी कार्यक्रम सञ्चालन गरेर उनीहरूको भविष्य सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक विकासका लागि आफू सधैं अग्रसर रहने बताउँदै भण्डारीले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न सबैलाई आग्रह गरेका छन् ।

यस्तै क्याम्पसको स्ववियु सभापतिका लागि अखिल समाजवादकाबाट अक्कल धामीले र अनेरास्ववियू र अखिल क्रान्तिकारीको साझा उम्मेदवारका रुपमा सुरेश राज जैशीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज