Advertisement

नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले जित्याे टी–२० विश्वकप छनाेटकाे उपाधि

Advertisement

कैलाली, १९ कात्तिक : आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेकाे छ । सुपर ओभरमा ओमानले दिएकाे २२ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १० रनमात्र बनाउन सक्याे ।

आज आइतवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्याे । अन्तिम ओभरमा ८ रन चाहिएकाे अवस्थामा ओमानले ७ रनमात्र बनाएपछि खेल सुपर ओभरमा पुगेकाे हाे । ओमानका काश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । यस्तै अकिब इलियासले ३३ र कप्तान जेशान मक्सूदले २६ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनायाे । नेपालका गुलसन झाले सर्वाधिक ५४ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१ र करण केसीले नटआउट २० रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले ३ र अकिब इलियासले २ विकेट लिए ।

नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल ओमानसँग भने ५ रनले पराजित भएको थियो । यस्तै नेपालले सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै दाेस्राे पटक टी–२० विश्वकपमा छनाेट भएकाे थियाे । नेपाल यसअघि सन् २०१४ मा टी–२० विश्वकपमा छनाेट भएकाे थियाे ।

समूह चरणमा सबै खेल जितेकाे ओमानले सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा छनाेट भएकाे थियाे । ओमानले यसअघि सन् २०१६ र २०२१ मा टी–२० विश्वकप छनाेट खेलिसकेकाे छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको ...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको र...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्...
गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन...
बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-१ रायलमा रहेको गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत बिद्यार्थीलाई पोशाक प्रदान गरिएको छ । कैल...
बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज