Advertisement

नोभा हस्पिटल र दिव्य युवा क्लब सहकार्यमा निःशुल्क स्वास्थ्य सम्पन्न

Advertisement

तप्पा, कैलाली –  नोभा हस्पिटल प्रा. लि., धनगढीको आयोजना तथा श्री दिव्य युवा क्लब, तप्पाको सहकार्यमा सम्पन्न १ दिने निःशुल्क स्वास्थ्य शिविर मा ३२० जना ले स्वास्थ्य सेवा लिएका छन्।

IMG_4304.jpeg

शनिबार सम्पन्न शिविरमा वरिष्ठ हाडजोर्नी, नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डा. ललित चौधरी सहितको अनुभवी चिकित्सक टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो। फार्मेसी प्रमुख दिपेन्द्र कठरिया का अनुसार सबै बिरामीलाई आवश्यक औषधि वितरण गरिएको छ।

श्री दिव्य युवा क्लब, तप्पाका अध्यक्ष भजोहर कठरिया ले गाउँमा यस्ता स्वास्थ्य सेवा पुग्नुलाई महत्वपूर्ण उपलब्धि भन्दै आगामी दिनमा पनि स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए। उनले स्थानिय तह तथा अन्य संघसंस्थासँग सहकार्य गरी थप व्यापक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।

 नोभा हस्पिटलका प्रशासन प्रमुख पदम राज भट्ट ले स्वास्थ्य शिविर सफल बनाउन स्थानीयवासीको साथ र सहभागिता सराहनीय रहेको बताए। साथै, उनले सोही पर्चा लिएर  नोभा हस्पिटल धनगढी पुग्ने बिरामीलाई अन्य आवश्यक स्वास्थ्य परीक्षणमा समेत छुट प्रदान गरिने जानकारी दिए।

शिविरमा हाड-कमर दुखाइ, घुँडा तथा जोर्नी दुखाइ, बाथरोगसम्बन्धी उपचार तथा नशा ट्यापिङ लगायतका सेवा प्रदान गरिएको थियो। आयोजक टोलीका अनुसार आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिने योजना रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज