धनगढी- भनिन्छ समाजमा दुई जातीय मान्छे बसोबास गर्छन् , ती हुन महिला र पुरुष ।
यो एउटा भनाइमा सिमित छ भन्ने प्रष्ट भएको छ ।
यस भनाइलाई बोलीमा मात्रै सिमित छ भन्ने बैतडीको सिगास गाउँपालिका- १ अङगेगाडाका शिक्षक प्रकाश दमाईंकी ६१ वर्षीया आमा माना दमाईं (टेलर)को शव २४ घण्टापश्चात् उठेपछि प्रष्ट भएको हो ।
हुन त माथिको जस्तै एक अर्को भनाइ छ, मर्दा पर्दा चाहिने भनेको आफन्त हुन, तर सनिवार बिहान ११ बजे प्रकाशकी आमाको निधन भयो, उनलेे मलामी जाने मान्छे पाएनन्, र आमाको शव २४ घण्टा सम्म आँगनमै राख्नु पर्यो। उक्त अङडेगाडा गाउँमा करिब ३ सय जनाको बसोबास छ। गाउँमा प्रकाशको परिवार दमाईं समुदायको एक्लो परिवार हो।
जातीय भेदभाव गर्दै गाउँले मलामी जान तयार नभएपछि शव २४ घण्टापछि आइतबार कञ्चनपुरबाट आफन्त आएर उठाए । अङगेगाडाबाट २५० किलोमिटर टाढा कञ्चनपुरको दोधारा–चाँदनी, महेन्द्रनगर र बैतडीकै पाटनबाट आफन्त आएर शव उठाउँदा सम्म गाउँले मुखदर्शक बने ।
जातीय भेदभाव व्याप्त समाजमा गैरदलित समुदायले मात्रै होइन, दलित समुदायकै अन्य जातका मानिसले पनि मानाको शव छुन इन्कार गरेपछि सनिवार दाहसंस्कार नभएको हो । गाउँले मात्रै होइन सिगासका जिप र ट्र्याक्टर व्यवसायीहरूले समेत शव बोक्न नमानेपछि प्रकाशले आमाको शव आर्यघाटसम्म पु¥याउन पाटनबाटै ट्र्याक्टर बोलाएका थिए । आइतबार आफन्त भेला भएपछि मानाको पुख्र्यौली थातथलो पाटनकै सुर्नयागाडस्थित तिपडाघाटमा लगेर दाहसंस्कार गरियो । कुल १८ जना मलामी गएकामा आफन्तबाहेकका दुईजना मात्रै थिए । एकजना गाउँकै २१ वर्षीय ज्ञानेन्द्र ऐरी र अर्का डडेलधुराबाट आफन्तको घरमा आएका नरबहादुर साउँद ।
नेपालको संविधानले नै छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाएको छ। जातीय विभेद कसुर सजाय ऐन-२०६८ ले पनि त्यसलाई निषेध गरेको छ।
दलित समुदायको ठूलो आन्दोलनपश्चात् नेपालमा यी कानुनहरू आएका हुन्।
तर कानुन आउनु मात्रै ठूलो कुरा होइन, त्यसको कार्यान्वयनको पाटो चाहिँ कमजोर छ।
कार्यान्वयनको सोच नै विकास हुन सकेको छैन।
कानुन बनेका कारण संवैधानिक निकायमा दलितहरूको प्रतिनिधित्व भएको छ।
त्यो उपलब्धि हो। तर जातीय छुवाछुतले जरो गाडेर बसेको छ।

