Advertisement

कैलालीमा ८ लाखभन्दा बढीको अवैध भन्सार छलीको सामान बरामद

Advertisement

कैलाली, माघ २२ – जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न स्थानबाट करिब ८ लाख २३ हजार रुपैयाँ बराबरको अवैध भन्सार छलीको सामान बरामद गरेको छ।

प्रहरीका अनुसार, माघ २१ गते राति ११:०० बजे इलाका प्रहरी कार्यालय भासु चौकीका प्रमुख वरिष्ठ नायब निरीक्षक केसवर पन्तको नेतृत्वमा गएको टोलीले गौरीगंगा नगरपालिका-२ आर्याटोल स्थित क्षेत्रमा शंका लागि चेकजाँच गर्दा ५ लाख ७५ हजार ८०० रुपैयाँ बराबरको अवैध मोबाइल सेट बरामद गरेको छ। बरामद गरिएका मोबाइलमा iPhone 11 (४ थान), iPhone XR (२ थान), iPhone 11 Pro (४ थान), iPhone 7 (२ थान) र iPhone केबल (१ थान) रहेका छन्।

यस्तै, प्रहरीले धनगढी-जुलानी सडकखण्डमा नियमित चेकजाँचको क्रममा विभिन्न खाद्य पदार्थ, प्रेस कुटका सामग्री, ओठमा लगाउने सौन्दर्य सामग्री तथा अन्य साइकलका पार्टपूर्जा बरामद गरेको छ। यी सामानहरूको मूल्य १ लाख ५६ हजार ५७० रुपैयाँ रहेको छ।

त्यसैगरी, भजनी नगरपालिकाको वडा नं. ५ स्थित कालिका सामुदायिक बन नजिकै अबैध रूपमा नेपाल भित्र्याइएका २ जोडी गोरु (४ वटा) समेत बरामद गरिएको छ। ती गोरुहरू भन्सार छली गरी भारतबाट ल्याइएको पाइएको प्रहरीले जनाएको छ। बरामद गोरुहरूको अनुमानित मूल्य १ लाख ९१ हजार रुपैयाँ रहेको छ।

प्रहरीले बरामद गरिएका सबै सामग्रीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइसकेको जनाएको छ। कैलाली प्रहरीका अनुसार, अवैध भन्सार छली रोकथाम गर्न सुरक्षा जाँचलाई अझ कडा पार्ने योजना बनाइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज