Advertisement

अखिल (क्रान्तिकारी)को चुनाव: ३३ पदाधिकारीसहित ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी

Advertisement

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पदाधिकारी र सदस्यका लागि कुल ५०० जनाको उम्मेदवारी परेको छ।

माघ १२ गते हुने चुनावका लागि सार्वजनिक गरिएको मनोनयन दर्ताको प्रारम्भिक सूचिअनुसार ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२  पदका लागि ५०० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश सापकोटा, विश्वमणि थापा र योगेन्द्रबहादु बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

माओवादीको केन्द्रीय नेतृत्वले अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत टुंग्याउन खोजेपनि सहमति नजुटेपछ प्रतिस्पर्धाबाटै टुंगिने भएको हो।

केन्द्रीय नेतृत्वले हेडक्वार्टबाट कुनैपनि नेताले कुनै उम्मेदवारको पक्ष नलिने भनेपनि अध्यक्षका सबै उम्मेदवारलाई एक न एक पदाधिकारीको समर्थन छ। तीमध्ये केहीले प्यानल नै बनाएका छन्।

उपदेश यादव माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन्। विजय सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल वर्षमान पुन र हेमन्त राई जनार्दन शर्मा निकटका हुन्।

योगेन्द्र बुढालाई उपाध्यक्ष कृष्णबहादुर महरा र विश्वमणि थापालाई उपाध्यक्ष पम्फा भूसालको समर्थन छ।

एक जना  महासचिब पदका लागि १० जनाको उम्मेदवारी परेको छ।

पदमप्रसाद काफ्ले, प्रतिक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, रोशन खड्का, गोबिन्द बानिया, सञ्जिब फुयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो महासचिब उम्मेदवार हुन्।

९ जना उपाध्यक्षका लागि ४४ जनाको उम्मेदवारी परेको छ। ९ जना उपमहासचिवका लागि ३८ जना र १२ जना सचिवका लागि ६२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

अखिल (क्रान्तिकारी)मा ४८ सदस्यीय सचिवालय, १६२ जना केन्द्रीय सदस्य, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग रहन्छ।

तीनवटा आयोगमा एक अध्यक्ष, ३ उपाध्यक्ष र ३ सचिव रहन्छन्।

ती सबै पदहरूमा कुल ५०० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

प्रारम्भिक सूचीमा दाबी विरोधको समय बिहीबार बिहान ९ बजेसम्म राखिएको छ। त्यसपछि सूची सार्वजनिक गरी मनोनयन फिर्ताको समय तोकिनेछ।

अन्तिम नामावली प्रकाशन भएपछि शनिबार मतदान हुनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज