धनगढी, कैलाली: नेपाल प्रिमियर लिग (NPL) मा आफ्नो उत्कृष्ट प्रदर्शनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रीकेटमा छुट्टै पहिचान बनाउन सफल नरेन साउदलाई Yes International Education ले सम्मान गरेको छ।
सुदूरपश्चिमलाई NPL फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका नरेन साउद उत्कृष्ट अलराउण्डर खेलाडीका रूपमा परिचित छन्। उनले NPL मा एक खेलमा ५ विकेट लिएर म्यान अफ द म्याच समेत बन्न सफल भएका थिए। कैलाली निवासी साउदले आफ्नो बाल्यकालदेखि नै बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय स्तरमा योगदान दिँदै आएका छन्। उनले खेलेका धेरै खेल नेपालका लागि ऐतिहासिक जितमा परिणत भएका छन्।
Yes International Education को धनगढी शाखामा आयोजित सम्मान कार्यक्रममा शाखा प्रमुख करन साउदले नरेन साउदलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै उत्कृष्ट बलिङको प्रतीकस्वरूप बल उपहार प्रदान गर्नुभयो। उहाँले नरेनको जादुमय बलिङको प्रशंसा गर्दै खेलाडीहरू राष्ट्रका गहना भएको बताउनुभयो। साथै, संस्थाको तर्फबाट मायाको चिनो पनि प्रदान गरिएको थियो।

खेल र खेलाडीको सम्मान राष्ट्रिय गौरव
सम्मान कार्यक्रममा करन साउदले भने, “खेलाडीहरू सबैका साझा गहना हुन्। खेल र खेलाडीबाट नै पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएको छ। खेलाडीको सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो।”
Yes International Education को योगदान
Yes International Education ले विगत १० वर्षदेखि USA, UK, क्यानडा, अस्ट्रेलिया, आयरल्याण्ड, इटालीलगायतका मुलुकमा उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ। यस संस्थाको केन्द्रिय कार्यालय काठमाडौको पुतलीसडकमा रहेको छ भने शाखा कार्यालय कैलालीको धनगढी, मिलनचोक भन्सार रोडमा अवस्थित छ।
यस सम्मानले सुदूरपश्चिमका युवा खेलाडीहरूलाई अझै प्रेरणा मिल्ने विश्वास गरिएको छ।

