Advertisement

श्री आधारभूत विद्यालयलाई जेभी फाउन्डेसनद्वारा सरस्वती मूर्ति र गजुर हस्तान्तरण

Advertisement

कैलालीको गौरिगङ्गा नगरपालिका वडा नं. १ माघी टोलमा रहेको श्री आधारभूत विद्यालयलाई जेभी फाउन्डेसनको सहयोगमा सरस्वती माताको मूर्ति र गजुर हस्तान्तरण गरिएको छ। यो कार्यक्रम विद्यालयका प्रधानाध्यापक गणेशबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रनि बुढाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जेभी फाउन्डेसनका प्रदेश सचिव करण साउद उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा फाउन्डेसनकै प्रदेश सदस्य नरबहादुर बुढाले सहभागिता जनाउनुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी शिक्षिका रञ्जिता ढुंगाना जोशीले राख्नुभएको थियो। प्रमुख अतिथि करण साउदले जेभी फाउन्डेसनको योगदानबारे चर्चा गर्दै समाजसेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउनुभयो। उहाँले २०३५ सालमा स्थापना भएको जेभी फाउन्डेसनले देशका हरेक जिल्लामा सेवा गर्दै आएको स्मरण गराउँदै सामाजिक सेवामा निरन्तर सक्रिय रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका दौरान विद्यालय परिवारले जेभी फाउन्डेसनलाई सम्मान प्रदान गरेको थियो। विद्यालयका प्रधानाध्यापक गणेशबहादुर बुढाले फाउन्डेसनलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो।

विद्यालय र समाजका लागि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विद्यालयले जेभी फाउन्डेसनप्रति कृतज्ञता व्यक्त गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज