Advertisement

गेटामा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी तीव्र

Advertisement

कैलाली, गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना र सञ्चालनमा जोड दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दुविधामा नरहन आग्रह गरेका छन्।

गेटास्थित विश्वविद्यालय अनुगमनका क्रममा मन्त्री पौडेलले अस्पताल र एमबीबीएस कार्यक्रम सञ्चालनका कार्यलाई सँगसँगै अगाडि बढाउन निर्देशन दिए। उनले भने, “पहिले अस्पताल सञ्चालन गर्दै, त्यसपछि एमबीबीएस कार्यक्रम सुरु गर्न सकिन्छ। विश्वविद्यालय सञ्चालनका आफ्नै प्रक्रिया हुन्छन्, जसलाई राज्यले लागत उपलब्ध गराएर अघि बढाउनुपर्छ।”

उनले अस्पताल र मेडिकल कार्यक्रम सञ्चालन नभएका ठाउँमा विश्वविद्यालय स्थापना चुनौतीपूर्ण हुने भन्दै गेटा अस्पताललाई तत्काल ३०० शय्याको बनाउने लक्ष्य तय गरिएको जानकारी दिए। मन्त्री पौडेलले भने, “१० जना छात्रवृत्तिका चिकित्सक र २० जना नर्सिङ कर्मचारी पठाएर अस्पताललाई तीन सय शय्याको बनाऔं। यसले विश्वविद्यालय सञ्चालनका अन्य कामलाई रोकिने छैन।”

नेपालको चिकित्सा शिक्षा सम्बन्धी मापदण्डअनुसार एमबीबीएस अध्यापनका लागि कम्तीमा तीन वर्षसम्म ३०० शय्याको अस्पताल सञ्चालन भएको हुनुपर्छ। तर, गेटामा भौतिक संरचना तयार भइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले विशेष निर्णय गराएर एमबीबीएस पढाइ सुरु गर्न सकिने आश्वासन दिए। “सुदूरपश्चिम बाहेकका अन्य ६ प्रदेशमा एमबीबीएस पढाइ सुरु भइसकेको छ। गेटामा पनि चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति अन्तर्गत अनुमति दिन सक्छ,” उनले भने।

हाल गेटा अस्पतालमा ५० शय्याको सेवा सञ्चालनमा रहेको छ भने करिब सात अर्ब रुपैयाँका भौतिक संरचना निर्माण सम्पन्न भइसकेका छन्। मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज