Advertisement

आज सोमबारे औँशी, मौन स्नान र श्राद्धले विशेष महत्व

Advertisement

 

पौष कृष्ण औँशीका दिन सोमबार परेकाले आज देशभर सोमबारे औँशी विशेष उत्साहका साथ मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सोमबारे औँशी वर्षमा तीनदेखि चार पटक पर्न सक्छ। यस दिन विशेषगरी मौन स्नान, श्राद्ध, तर्पण, र दानको महत्व रहेको वैदिक शास्त्रमा उल्लेख छ।

शास्त्रीय मान्यता अनुसार, आज बिहान चाँडै उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने र दाम्पत्य जीवन सुखमय हुने विश्वास गरिन्छ। यसरी स्नान गर्नेले अक्षय पुण्य प्राप्त गर्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ। साथै, सोमबार परेको औँशी तिथि श्राद्ध र तर्पणका लागि समेत अति उपयुक्त मानिन्छ।

माता-पिता नहुनेहरूले आजको दिन श्राद्ध, तर्पण, र सिदा दानजस्ता धार्मिक कार्य गरेर आफ्ना पितृप्रति श्रद्धा व्यक्त गर्ने परम्परा रहेको छ। माता-पिता जीवित रहेका व्यक्तिहरूले भने बिहानै स्नान गरेर आशिष प्राप्त गर्नुपर्ने धार्मिक मान्यता छ।

प्रत्येक महिनाको औँशीलाई वैदिक परम्पराअनुसार विशेष पर्वका रूपमा मनाइन्छ। सोमबार परेका औँशीले धार्मिक र सांस्कृतिक दृष्टिकोणले झनै विशेष महत्त्व राख्दछ। यस्ता पर्वहरूले पारिवारिक सम्बन्धलाई मजबुत बनाउने र समाजमा धार्मिक चेतना फैलाउने विश्वास गरिन्छ।

धार्मिक परम्परा र विश्वासको प्रतिक सोमबारे औँशीले आज सम्पूर्ण श्रद्धालुहरूलाई पितृकार्य र धर्मकर्ममा प्रेरित गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज