Advertisement

राणा मन्त्री र प्रधानसेनापति सुदूरपश्चिममा, प्रचण्ड भोलि बिहान आउने

Advertisement

धनगढी: चिसापानी केबलकारको शिलान्यास गर्न आरजु राणा देउवाको आगमन

नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा आज कैलालीको धनगढी आइपुगेकी छन्। डा. राणा देउवा कैलालीको चिसापानीमा निर्माण हुन लागेको केबलकार परियोजनाको शिलान्यासका लागि धनगढी आइपुगेकी हुन्।

झण्डै सात अर्ब रुपैयाँ लागतमा निर्माण हुने यो केबलकार परियोजनामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख लगानी रहेको छ। यसअघि ढकालले चन्द्रागिरी, गैंडाकोट, र बुटवलमा केबलकार सञ्चालनमा ल्याइसकेका छन्। परियोजनामा जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको समेत लगानी रहेको जनाइएको छ। यो परियोजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रधानसेनापति सिग्देल र प्रचण्डको सुदूरपश्चिम यात्रा

यसैबीच, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल पनि आज सुदूरपश्चिम पुगेका छन्। हेलिकोप्टरमार्फत बिहान तेघरी पुगेका सिग्देल भोलि बैतडी, बझाङ, र डोटीको भ्रमणमा जाने कार्यतालिका रहेको छ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार धनगढी आउने कार्यक्रम छ। उनी कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न आउने छन्। खबरदारी सभा पुनर्वास नगरपालिकाको टाउन बजारमा हुने जानकारी प्राप्त भएको छ। सभामा प्रचण्डसँगै उनकी छोरी गङ्गा दाहालको पनि उपस्थिति रहनेछ।

सभामा माओवादी केन्द्रले सरकारको भ्रष्टाचार र अनियमितता उजागर गर्दै नयाँ कार्यकर्तालाई पार्टीमा स्वागत गर्ने कार्यक्रमसमेत राखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज