Advertisement

एनपीएलमा(NPL) क्यान र क्लबको खर्च कति, आम्दानी कति

Advertisement

दर्शकको राम्रो उपस्थिति पाएको नेपाल प्रिमिअर लीग (एनपीएल) ले गति लिन थालिसकेको छ।

व्यावसायिक स्वरूपको फ्रेन्चाइज क्रिकेटमा सहभागी आठ टोलीहरूमा विदेशी खेलाडीहरू पनि छन्। खेलाडी र टोलीहरूले आफ्नो क्षमता देखाउन थालिसकेका छन्।

एनपीएल नेपाली क्रिकेटको अहिलेसम्मको ठूलो बजेटको कार्यक्रम बनेको छ। प्रतियोगिता कुल १०० करोड रुपैयाँको हुन सक्ने अनुमान छ।

एनपीएल कति बजेटको हो अनि आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) र त्यसमा सहभागी आठवटा फ्रेन्चाइज टोलीले कति आम्दानी गर्लान् वा कति खर्च बेहोर्लान् भन्नेमा धेरैको चासो छ।

क्यानले आधा दर्जनभन्दा बढी स्रोतबाट आम्दानी गर्छ। केही आम्दानी निश्चित भइसकेको छ भने टिकटबाट हुने आयको हिसाब प्रतियोगिता सम्पन्न भइसकेपछि मात्र निश्चित हुने छ।

आफ्ना निश्चित स्रोतबाट ३० करोड रुपैयाँजति सङ्कलन गर्ने अनुमान क्यानका पदाधिकारीहरूको छ।

कसरी हुन्छ आम्दानी

क्यानले पहिलो आम्दानी फ्रेन्चाइट टीम बिक्रीबापत गर्‍यो। आठवटा टोली बेच्दा उसले १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रुपैयाँ कमायो।

त्यस्तै ब्र्यान्ड लजिक कम्पनीलाई ‘कमर्शल राइट्स’ बेचेर ५ करोड ९२ लाख रुपैयाँ प्राप्त गर्‍यो।

त्यसबाहेक मैदानमा क्यानले २० प्रतिशत प्रायोजक बोर्ड पनि राखेको छ। क्यानले टिकट बेचेर पनि आय गर्ने छ।

उद्घाटन भएको दिनदेखि नै रङ्गशालामा उर्लिएका दर्शकको उत्साह हेर्दा आयोजकले टिकटबाट राम्रै आम्दानी गर्ने देखिन्छ। यही क्रममा दर्शक ओइरिए क्यानले टिकटबाट ८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ।

त्यसबाहेक क्यानले यूट्यूब, फ्यान कोड र ओटीटीबाट पनि आम्दानी गर्ने छ।

खर्च कसरी हुन्छ

एनपीएलमा सहभागी एउटा टोलीका मालिक र समर्थकहरू

प्रतियोगितालाई भव्य बनाउन क्यानले खर्चमा कन्जुस्याइँ गरेको छैन। एनपीएललाई स्टार स्पोर्टसमा रकम खर्चेर प्रसारण गर्न क्यानले ठूलो बजेट खर्च गरेको बताइएको छ।

कीर्तिपुर मैदानभित्र पिच र आउटफील्ड निर्माण गर्न पनि खर्च भयो।

क्यानका प्रवक्ता छुम्बी लामा भन्छन्, “पिच र घाँस बनाउन छ महिनाभन्दा बढी समय लगायौँ।”

मैदानबाहिर अस्थायी प्यारापिट, ओनर लाउन्ज र भीआइपी अस्थायी प्यारापिट निर्माण गरिएको छ।

अम्पायर, कमेन्टेटर, म्याच कमिश्नर, एन्टी करप्शन अफिसरजस्ता प्राविधिक टोलीको खर्च पनि क्यानको हो। जिल्ला र प्रदेशका पदाधिकारीहरूलाई पनि निम्तो दिनैपर्‍यो।

पुरस्कार राशिजस्तै विजेताहरूको पुरस्कार र हरेक खेलको ‘म्यान अफ द म्याच’को खर्च पनि क्यानकै भागमा पर्छ।

यी सबै जोड्दा १५ करोड रुपैयाँभन्दा बढी खर्च हुन आउने क्यान पदाधिकारीहरूको अनुमान छ।

क्लबको खर्च

एनपीएलमा सहभागी जनकपुर बोल्ट्स टोलीको झण्डा फहराउँदै

एनपीएलको पहिलो संस्करणमा फ्रेन्चाइज टोलीहरूले मन खोलेर खर्च गरेको देखिन्छ।

पहिलो संस्करण भएकोले टीम खरिदमा टोलीहरूले १ करोड ११ लाखदेखि ३ करोड ५७ लाख रुपैयाँसम्म खर्च गरे। दोस्रो ठूलो खर्च नेपाली र विदेशी खेलाडीको लागि भएको देखिन्छ। त्यसमा ‘मार्की’ अर्थात् मुख्य खेलाडीको मूल्य २० लाख रुपैयाँ छ ।

कर्णाली याक्सले भारतका चर्चित पूर्वखेलाडी शिखर धवनलाई एक खेलको लागि ३०,००० अमेरिकी डलर (४० लाख रुपैयाँभन्दा बढी) खर्चेको बताइएको छ।

‘ट्यालेन्ट हन्ट’बाट स्थानीय खेलाडी खोज्न पनि फ्रेन्चाइज टोलीले ल्याकतअनुसारको कार्यक्रम राखेका थिए।

त्यसपछि प्रशिक्षक, सहायक प्रशिक्षक, फिजिओथेरपिस्ट, मेन्टरसहितको प्राविधिक टोलीको खर्च आउँछ।

खेलाडीलाई पाँचतारे होटेलमा राख्नुपर्ने नियमानुसार सबै टोलीले खेलाडीलाई त्यस्तो सुविधा दिएका छन्। प्रशिक्षण र विशेष आहारका लागि हुने खर्चको रकम पनि ठूलो हुन आउँछ।

खेलाडीका लागि स्तरीय सामानका लागि थप खर्च हुन्छ। मार्केटिङ टीम र प्रचारप्रसारमा पनि खर्च हुन्छ।

ठूलो व्यवस्थापन टोली संलग्न हुने हुँदा क्लबको खर्च बढ्ने देखिन्छ।

यसरी हिसाब गर्दा एउटा टोलीको खर्च ७ करोडदेखि १० करोड रुपैयाँसम्म हुने टीम मालिकहरूले अनुमान गरेका छन्।

क्लबको आम्दानी

एनपीएलमा सहभागी एउटा टोलीका मालिकहरू

अनुमानित ७ करोड देखि १० करोड रुपैयाँ खर्च गर्ने टोलीले कति आम्दानी गर्लान् त?

फ्रेन्चाइज टोलीको पहिलो आम्दानी भनेको क्यानको आम्दानीको ५० प्रतिशत हो। क्यानले गर्ने आम्दानीको आधा भाग आठवटा टोलीमा दामा बाँडिन्छ।

यो वर्ष क्यानले गर्ने आम्दानीको हिसाब गर्दा एउटा टोलीको भागमा एक करोड रुपैयाँसम्म पर्न सक्छ।

टोलीले प्रायोजकहरूबाट रकम पाउँछ। यद्यपि पहिलो वर्ष भएकाले सोचेजति प्रायोजक र रकम भने पाउन नसकेको अधिकांश टोलीले बताएका छन्।

करोड खर्चेका मालिकहरूले लाखमा प्रायोजक पाएको देखिन्छ।

किट्स मर्चेन्डाइज (जर्सी , टीसर्ट, क्याप) को बिक्रीबाट पनि टोलीहरूले केही कमाउने छन्।

कर्णाली याक्सले ७,००० वटा जर्सी बिक्री गरिसकेको बताइएको छ।

यस अर्थमा पहिलो संस्करणमा अधिकांश टोलीको आम्दानीभन्दा खर्च बढी हुने देखिन्छ।

कर्णाली याक्सका एक मालिक गेहेन्द्र घिमिरे भन्छन्, “तीन वर्षसम्म कमाउने हामीले हिसाब लगाएका छैनौँ। यो लगानीको समय हो। तर हामीसँग नाफा कमाउने हिसाबकिताब छ।”

एनपीएलमा सहभागी एउटा टोलीका मालिकहरू

ब्रान्ड भ्याल्यू

एनपीएलले जसरी चर्चा पाएको छ, त्यसले टोलीको मूल्य धेरैमाथि पुगिसकेको छ। गेहेन्द्र घिमिरे फ्रेन्चाइजको ‘ब्र्यान्ड भ्याल्यू’ निकै हुने बताउँछन्।

“एनपीएलमा अब टोलीको सङ्ख्या थपिने छैन। टोलीको भ्यालू त बढिसक्यो। यो हिसाबमा हामी अहिले नै नाफामा गइसक्यौँ। अहिले एनपीएल आईसीसीको क्यालेन्डरमा छैन। त्यसमा परेपछि त यसको ब्र्यान्ड भ्यालू झन् बढ्ने निश्चित छ,” घिमिरे भन्छन्।

नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले एनपीएलमा लगानी गर्न विदेशी क्लबहरूले पहिलेदेखि नै चासो दिएको बताएका थिए।

त्यो हिसाबमा अर्को संस्करणमा विदेशका ठूला फ्रेन्चाइज टोलीले एनपीएलमा जोडिन चाहे यी आठ टोलीसँग सहकार्य गर्नुपर्ने छ। त्यसबाट क्लबको ‘ब्र्यान्ड भ्यालू’ झन् माथि पुग्ने छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज