Advertisement

सुदूरपश्चिमको लगातार तेस्रो जित, तीन खेल हार्ने पहिलो टोली बन्यो लुम्बिनी -कामना टुडे

Advertisement

सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्सलाई ४५ रनले हरायो ।

लुम्बिनीले भने पराजय यात्रा कायम राख्यो । उसको यो लगातार तेस्रो हार हो ।

आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।

शीर्षक्रमका ब्याटर नचल्दा लुम्बिनीले फराकिलो हार बेहोरेको हो । उसका लागि युवा अलराउन्डर विवेककुमार यादवले आक्रामक पारी खेले । ५४ बलको सामना गरेका उनले सात छक्का र तीन चौकासहित अविजित ७७ रन बनाए ।

यस्तै, सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले तीन/तीन, स्कट कुग्लाइनले दुई र अविनाश बोहराले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन बनायो ।

उसका लागि इंग्लिश ब्याटर सैफ अली जैब सानदार पारी खेले । उनले ६१ बलमा ६ चौका र ५ छक्कासहित ९० रनको पारी खेलेका हुन् ।
यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गरे । १९ बलको सामना गरेका ऐरीले चार चौका र दुई छक्कासहित अविजित ३९ रन जोडे ।

त्यस्तै, ब्रान्डन म्याकमुलेनले २३, विनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले अविजित ११ रन बनाए ।

लुम्बिनीका लागि रामोन सिमन्ड्सले दुई, कप्तान रोहितकुमार पौडेल र विवेक यादवले एक/एक विकेट लिए । यो जितपछि सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उसले तीन खेलबाट ६ अंक जोडिसकेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रन तथा दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो ।
अंकविहीन लुम्बिनी भने तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेट तथा दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज