सुदूरपश्चिमको लगातार तेस्रो जित, तीन खेल हार्ने पहिलो टोली बन्यो लुम्बिनी -कामना टुडे
सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्सलाई ४५ रनले हरायो ।
लुम्बिनीले भने पराजय यात्रा कायम राख्यो । उसको यो लगातार तेस्रो हार हो ।
आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।
शीर्षक्रमका ब्याटर नचल्दा लुम्बिनीले फराकिलो हार बेहोरेको हो । उसका लागि युवा अलराउन्डर विवेककुमार यादवले आक्रामक पारी खेले । ५४ बलको सामना गरेका उनले सात छक्का र तीन चौकासहित अविजित ७७ रन बनाए ।
यस्तै, सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले तीन/तीन, स्कट कुग्लाइनले दुई र अव...

