Advertisement

गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा सञ्चालन

Advertisement

बागलुङको गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुती तथा नवजात शिशु सेवा (सिईओएनसी) सञ्चालनमा ल्याइएको छ । यो सेवा सञ्चालन गरेसँगै नगर अस्पतालमै गर्भवती महिलालाई शल्यक्रिया मार्फत् प्रसुती सेवा प्रदानका लागि सहज भएको हो।

गत असोजदेखि संचालनमा आएको सेवामा हालसम्म ५ जना गर्भवती महिलाको शल्यक्रिया मार्फत् प्रसुती सेवा प्रदान गरिसकिएको अस्पतालमा प्रमुख डा राजेश पौडेलले जानकारी दिए। केही वर्ष पहिले प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको उक्त संस्था नगरपालिकाले स्वामित्वमा लिएर अस्पतालको रुपमा विकसित गरेपछि सेवाहरु पनि क्रमश थपिँदै गएका छन्।

प्राथमिक स्वास्थ्य केन्द्र हुँदा महिनामा झण्डै ३ देखि ४ जना महिलाले सुत्केरी सेवा लिने गरेको अस्पतालमा हाल मासिक १० देखी १२ जनाले सेवा लिँदै आएको डा पौडेल बताउँछन्।

hams

‘गलकोट नगर अस्पताल यस क्षेत्रको केन्द्रको रुपमा रहेको छ, ताराखोला, बडिगाड र गलकोट क्षेत्रका अधिकाशं नागरिक उपचारका लागि आउने क्रम बढ्दै गएको छ,’ डा. पौडेलले भने, ‘अस्पताललाई थप व्यवस्थित गरेर गुणस्तरीय आधारभुत सेवालाई प्रभावकारी गराएका छौं, पालिका सँगै प्रदेश र संघिय सरकारबाट पनि निरन्तर सहयोग भएको छ।’

उनले यस क्षेत्रमा बार्थिङ सेन्टर धेरै भएता पनि शल्यक्रिया सहितको सेवा दिने स्वास्थ्य संस्था नभएका कारण गत असोजदेखि उक्त सेवा सञ्चालनमा ल्याइएको बताए।

गर्भवती महिलालाई आकस्मिक रुपमा शल्यक्रिया गर्नुपरेमा यस क्षेत्रमा सुविधा सम्पन्न अस्पताल नगरहेका कारण नगरपालिकाले अन्य पालिकासँग समन्वय गरेर सिईओएनसी सेवा सञ्चालनमा ल्याएको पौडेलको भनाइ छ। उनका अनुसार उक्त सेवा संचालनका निम्ती प्रदेश आपुर्ती केन्द्रबाट आवश्यक उपकरण प्राप्त भएको र परिवार कल्याण महाशाखाको सहयोगमा तालिम प्राप्त जनशक्ति तयार पारिएको हो ।
अस्पतालमा सिईओएनसी सेवाको मंगलबार नेपाल सरकारका स्वास्थ्यमन्त्री प्रदिप पौडेलले मंगलबार उद्घाटन गरेका छन् । उनले आम नागरिकको स्वास्थ्य सेवाका लागि सरकारले प्रभावकारी कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बतएका छन् । त्यसका लागि मन्त्रालयमा तीन तहका कार्यक्रम बनाउने पहल भएको बताएका छन् । पौडेलले नागरिकको विश्वास योग्य अस्पताल र स्वास्थ्य सेवा बनाउनका लागि स्थानिय सरकारको पनि सहायोग आवश्यक रहेको बताए । पौडेलले यस क्षेत्रका नागरिकको चाहना र आमा र बच्चाको स्वास्थ्य सेवाका लागि सिईओएनसी सेवा थप प्रभावकारी बन्नेमा विश्वास व्यक्त गरे।

अस्पतालमा उक्त सेवा सञ्चालनमा लागि  एनेस्थेशिया असिस्टेन्ट १, कन्सल्टेन्सन एमडिजिपी १ जना र स्टाफनर्स सहित ८ जनाको टिम आवश्यक रहन्छ । उक्त जनशक्तिको व्यवस्थापन नगरपालिकाले गरेको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताए । नगरपालिकाले अस्पताललाई थप व्यवस्थित बनाउन र जनशक्ति व्यवस्थापनका निम्ती आवश्यक श्रोतको सुनिश्चित गरेको नगरप्रमुख शर्मा बताउँछन्।

‘नगर अस्पतालको विकासका निम्ती नगरपालिकाले धेरै श्रोत परिचालन गरेको छ, नगरप्रमुख गैरेले भने,’ उनले भने,  ‘स्थानियस्तरमा पनि धेरै सहयोग जुटेको छ अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन समेत गरेका छौं । यस क्षेत्रको केन्द्र भएका कारण नगरअस्पताललाई थप व्यवस्थित गर्न सवैको सहयोगको अपेक्षा गरेका छौं ।’

अस्पतालका लागि गलकोट समाज जापान, गलकोट समाज युके लगायतका संस्थाले झण्डै १ करोड बराबरको आवश्यक उपकरण सहयोग गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज