Advertisement

गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा सञ्चालन

Advertisement

बागलुङको गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुती तथा नवजात शिशु सेवा (सिईओएनसी) सञ्चालनमा ल्याइएको छ । यो सेवा सञ्चालन गरेसँगै नगर अस्पतालमै गर्भवती महिलालाई शल्यक्रिया मार्फत् प्रसुती सेवा प्रदानका लागि सहज भएको हो।

गत असोजदेखि संचालनमा आएको सेवामा हालसम्म ५ जना गर्भवती महिलाको शल्यक्रिया मार्फत् प्रसुती सेवा प्रदान गरिसकिएको अस्पतालमा प्रमुख डा राजेश पौडेलले जानकारी दिए। केही वर्ष पहिले प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको उक्त संस्था नगरपालिकाले स्वामित्वमा लिएर अस्पतालको रुपमा विकसित गरेपछि सेवाहरु पनि क्रमश थपिँदै गएका छन्।

प्राथमिक स्वास्थ्य केन्द्र हुँदा महिनामा झण्डै ३ देखि ४ जना महिलाले सुत्केरी सेवा लिने गरेको अस्पतालमा हाल मासिक १० देखी १२ जनाले सेवा लिँदै आएको डा पौडेल बताउँछन्।

hams

‘गलकोट नगर अस्पताल यस क्षेत्रको केन्द्रको रुपमा रहेको छ, ताराखोला, बडिगाड र गलकोट क्षेत्रका अधिकाशं नागरिक उपचारका लागि आउने क्रम बढ्दै गएको छ,’ डा. पौडेलले भने, ‘अस्पताललाई थप व्यवस्थित गरेर गुणस्तरीय आधारभुत सेवालाई प्रभावकारी गराएका छौं, पालिका सँगै प्रदेश र संघिय सरकारबाट पनि निरन्तर सहयोग भएको छ।’

उनले यस क्षेत्रमा बार्थिङ सेन्टर धेरै भएता पनि शल्यक्रिया सहितको सेवा दिने स्वास्थ्य संस्था नभएका कारण गत असोजदेखि उक्त सेवा सञ्चालनमा ल्याइएको बताए।

गर्भवती महिलालाई आकस्मिक रुपमा शल्यक्रिया गर्नुपरेमा यस क्षेत्रमा सुविधा सम्पन्न अस्पताल नगरहेका कारण नगरपालिकाले अन्य पालिकासँग समन्वय गरेर सिईओएनसी सेवा सञ्चालनमा ल्याएको पौडेलको भनाइ छ। उनका अनुसार उक्त सेवा संचालनका निम्ती प्रदेश आपुर्ती केन्द्रबाट आवश्यक उपकरण प्राप्त भएको र परिवार कल्याण महाशाखाको सहयोगमा तालिम प्राप्त जनशक्ति तयार पारिएको हो ।
अस्पतालमा सिईओएनसी सेवाको मंगलबार नेपाल सरकारका स्वास्थ्यमन्त्री प्रदिप पौडेलले मंगलबार उद्घाटन गरेका छन् । उनले आम नागरिकको स्वास्थ्य सेवाका लागि सरकारले प्रभावकारी कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बतएका छन् । त्यसका लागि मन्त्रालयमा तीन तहका कार्यक्रम बनाउने पहल भएको बताएका छन् । पौडेलले नागरिकको विश्वास योग्य अस्पताल र स्वास्थ्य सेवा बनाउनका लागि स्थानिय सरकारको पनि सहायोग आवश्यक रहेको बताए । पौडेलले यस क्षेत्रका नागरिकको चाहना र आमा र बच्चाको स्वास्थ्य सेवाका लागि सिईओएनसी सेवा थप प्रभावकारी बन्नेमा विश्वास व्यक्त गरे।

अस्पतालमा उक्त सेवा सञ्चालनमा लागि  एनेस्थेशिया असिस्टेन्ट १, कन्सल्टेन्सन एमडिजिपी १ जना र स्टाफनर्स सहित ८ जनाको टिम आवश्यक रहन्छ । उक्त जनशक्तिको व्यवस्थापन नगरपालिकाले गरेको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताए । नगरपालिकाले अस्पताललाई थप व्यवस्थित बनाउन र जनशक्ति व्यवस्थापनका निम्ती आवश्यक श्रोतको सुनिश्चित गरेको नगरप्रमुख शर्मा बताउँछन्।

‘नगर अस्पतालको विकासका निम्ती नगरपालिकाले धेरै श्रोत परिचालन गरेको छ, नगरप्रमुख गैरेले भने,’ उनले भने,  ‘स्थानियस्तरमा पनि धेरै सहयोग जुटेको छ अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन समेत गरेका छौं । यस क्षेत्रको केन्द्र भएका कारण नगरअस्पताललाई थप व्यवस्थित गर्न सवैको सहयोगको अपेक्षा गरेका छौं ।’

अस्पतालका लागि गलकोट समाज जापान, गलकोट समाज युके लगायतका संस्थाले झण्डै १ करोड बराबरको आवश्यक उपकरण सहयोग गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज