Advertisement

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्स को हुन् ?

Advertisement

दोस्रोपटक अमेरिकाको राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्पको विश्वभर जति चर्चा भइरहेको छ, त्यस्तै चर्चा उपराष्ट्रपति जे.डी. भान्सको पनि भइरहेको छ । किनभने उनी अमेरिकाको इतिहासमै तेस्रो सबैभन्दा युवा उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् ।

रिपब्लिकन पार्टीका ४० वर्षीय भान्स ओहियोका सिनेटर हुन् । उनले ६० वर्षीय डेमोक्रेटिक उम्मेदवार टिम वाल्ट्जलाई हराए । सांसद बनेको दुई वर्षमै ट्रम्पको विश्वास पात्रको रुपमा भान्स उपराष्ट्रपति चुनिएका छन् ।

अमेरिकामा सबैभन्दा कम उमेरको उपराष्ट्रपतिको रुपमा पहिलो नम्बरमा जोन सी ब्रेकिनरिजको नाम आउँछ । उनी ३६ वर्षको उमेरमै उपराष्ट्रपति बनेका थिए । उनको कार्यकाल १८५७ देखि १८६१ सम्म थियो ।

उतार–चढावपूर्ण बाल्यकाल

भान्सको जन्म १९८४ को अगष्ट महिनामा ओहियो राज्यको मिडलटाउन शहरमा भएको थियो । भान्स ६ वर्षको छँदै उनका आमा–बुवाको छोडपत्र भयो । उनकी आमाले पाँच पटक बिहे गरिन् । त्यसैले उनले आमा–बुवाको माया सानैदेखि पाउन सकेनन् । बुवा फेरिएसँगै उनले आफ्ना नाम पनि पटक पटक फेर्नु परेको थियो ।
भान्सको चर्चित पुस्तक ‘हिलबिली एलेजी’मा उनले यो प्रसंग उल्लेख गरेका छन् ।

जेडीको सुरुको नाम उनको जैविक पिता डोनाल्ड बोमनको नामबाट ‘डोनाल्ड’राखिएको थियो । तर आमा बेवर्ली एकिन्सले तेस्रो बिहे बब ह्यामलसँग गरेपछि उनको नाम बदलिने क्रम सुरु भएको थियो ।

नाम फेरिरहनु पर्दा र आमा लागुपदार्थको लतमा पर्दा आफ्नो जीवन निकै कठिन भएको जेडी भान्सले आफ्नो पुस्तकमा लेखेका छन् ।
आमाबाट दुर्व्यवहार हुन थालेपछि जेडीको रेखदेख हजुरबुवा जेम्स र हजुरआमा भान्सले गर्न थालेका थिए । त्यसपछि उनको नाम पनि ‘जे.डी. भान्स’ राखिएको थियो ।

उनले सन् २००३ मा मिडलटाउन हाइस्कुलबाट विद्यालयको पढाइ पूरा गरेका थिए । त्यसपछि अमेरिकी नौसेनामा भर्ना भएका उनले इराकमा पुगेरसमेत सेवा गरेका थिए । उनले ओहियो स्टेट युनिभर्सिटीबाट राजनीति विज्ञान र दर्शनशास्त्रमा स्नातकसम्म अध्ययन पूरा गरे ।

भारतीय मूलकी पत्नी

जेडी भान्सले क्याम्पस पढ्दा चिनजान भएकी भारतीय मूलकी उषा चिलुकुरीसँग बिहे गरेका छन् । उषा यल ल जर्नलको कार्यकारी विकास सम्पादक थिइन् । उनी कानुन व्यवसायी हुन् ।

उनीहरुबीच सन् २०१४ मा बिहे भएको थियो । उनीहरुका दुई छोरा र एक छोरी छन् । जेडी भान्स भने राजनीतिज्ञ, लेखक र व्यवसायीको रुपमा परिचित छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज