Advertisement

थाई एयर एशियाले माफी मागेपछि नेपालले ४ घण्टापछि जहाज छाड्यो

Advertisement

काठमाडौँ —अनुमति नलिई नेपाल आएको थाई एयर एशियाको जहाजका कप्तान (पाइलट इन कमाण्ड)ले माफी मागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ घण्टा नियन्त्रणमा लिएको जहाजलाई छाडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, थाई एयर एशियाको आइतबार नेपाल आएको एयरबस ए३२० जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि उक्त जहाजलाई ४ घण्टापछि साझ ६:५७ बजे बैंककका लागि छाडिएको हो । ‘नेपाली एजेन्ट कम्पनी युनिभर्सल टुर्स एण्ड ट्राभल्सले उडान अनुमति रहेको भनेका काठमाडौं आएका हौं भनेर कमाण्डर पाइलटले लिखित माफी मागेपछि जहाज छाडिदियौं,’ महाप्रबन्धक निरौलाले भने ।

उक्त विमानलाई आइतबार दिउँसो ४५ मिनेट सिमराको १४ हजार फिटभन्दा माथि आकाशमाथि होल्ड (फन्को लगाउँदै उडिरहनु) मा राखिएको थियो । उक्त जहाजका कप्तानले होल्डका लागि ३० मिनेटलाई मात्रै पुग्ने जहाजमा इन्धन रहेको जनाउँदै अनुरोध गरेपछि काठमाडौं विमानस्थलमा अवतरण अनुमति दिइएको थियो । त्यो जहाजमा बैंककबाट १ सय ७६ यात्रु आएका थिए भने काठमाडौंबाट फर्किने १ सय ६० जना थिए ।

 

युर्निभर्सलका संचालक परासर प्रसाईं हुन् । यिनले उच्च राजनीतिक भनसुन र दबाबका आधारमा थाई एयर एशियाको काठमाडौं उडान भैरहवा गर्ने सर्तमा असोज १६ गतेदेखि (अक्टोबर २) बाट अनुमति लिएको पर्यटन मन्त्रालयको उच्च स्रोतले बतायो । कोभिडअघि २७ करोड बक्यौता नतिरेर भागेको यसैको मूल संस्था एयर एशियाको बक्यौता तिर्ने बैंक ग्यारेन्टी प्रसाईंले प्राधिकरणलाई बुझाएपछि यो वायुसेवालाई प्राधिकरणले भैरहवामा उडान गर्ने सर्तमा काठमाडौंमा उडान अनुमति दिएको थियो । यसले एक महिनाभित्र भैरहवाको अध्ययन गरेर उड्ने सर्त पेस गरेको थियो ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, आइतबारदेखि सुरु भएको विन्टर सेड्युअलका लागि यसले अनुमति पाएको थिएन । अर्थात् यसलाई अक्टोबर २ देखि २७ सम्म २५ दिनको मात्रै काठमाडौंको उडान अनुमति दिइएको थियो ।

नेपालले उडानमा हरेक अक्टोबर महिनाको अन्तिम आइतबारदेखि अर्को नयाँ अंग्रेजी वर्षको मार्च महिनाको अन्तिम आइतबारसम्म शीतकालीन (विन्टर सेड्यूअल लागू गर्छ । मार्चको अन्तिम आइतबारदेखि त्यसै अंग्रेजी वर्षको अक्टोबरको अन्तिम आइतबारसम्म समर (गर्मी) उडान तालिका लागू गर्छ ।)

उडानका विषयमा जानकारी माग्न खोज्दा युनिभर्सलका संचालक प्रसाईं सर्म्पकमा आएनन् । उनले एसएमसको जवाफ पनि दिएनन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज