Advertisement

हनी ट्रयाप प्रकरणका योजनाकारसँग एसपीको आधा घण्टा वार्ता

Advertisement

४ कात्तिक, काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा अहिले चार जना ललितपुर प्रहरी हिरासतमा छन् । ९ असोजमा पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि आपराधिक लाभ र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सहायक हवल्दार हमालमाथि युवतीको प्रयोग गरेर (हनी ट्र्याप) व्यवसायीबाट असुल गरिएको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप छ । हिरासतमै रहेकी सुष्मा विक हनी ट्र्यापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज स्लाम हनी ट्रयापको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ।

उनकै योजनामा बलात्कारमा फसाइदिने भन्दै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलिएको आरोप छ। यसरी असुल गरिएको रकम भीमादेवीको खातामा जम्मा गरिएको प्रहरीको भनाइ छ ।

यो घटनामा पक्राउ पुर्जी जारी भएका प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाही र इटहरीका दर्शन पोखरेल भने फरार छन् ।

हिरासतमा रहेकी सुष्मा सुनसरीकै एक होटलमा वेटरको रुपमा काम गर्दै आएकी थिइन् । त्यसै क्रममा होटलमा आउने जाने एक व्यवसायीसँग उनको चिनजान भएको थियो । त्यसपछि उनीहरु नजिकिँँदै गएका थिए ।

हिरासतमा रहेका ताज र फरार दर्शनले यस्तै प्रकृतिका घटनामा युवतीलाई बलात्कारको उजुरी दिन लगाएर मोटो रकम असुल्दै आएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । ती व्यवसायीसँगको सम्बन्धबारे थाहा पाएपछि उनीहरुले सुष्मालाई प्रयोग गरेर रकम असुल गरेको प्रहरीको निष्कर्ष छ ।

त्यसका लागि उनीहरुले आफू अनकुल ठाउँको खोजी गरेका थिए । यसअघि पनि सुनसरीको एसपी भएका कमल थापासँग ताजको राम्रो सम्बन्ध रहेकाले उनी थापामार्फत नै भैंसेपाटी पुगेको समितिको निष्कर्ष छ ।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा रहेका एसपी थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख भएका बेला इन्सपेक्टर बिनुकुमारी शाही पनि कञ्चनपुरमै कार्यरत थिइन् ।

सोही चिनजानमा एसपी थापाको सिफारिसमा उनीहरु भैंसेपाटी पुगेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनाले पनि यसअघि इन्सपेक्टर शाहीसँग चिनजान नभएको बताएका छन् ।

सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै एक व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए ।

शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीकोमा आउनुपर्नेमा सुरुमै प्रहरीमा दर्ता गराइएकाले सुरुबाटै घटना शंकास्पद बनेको अनुसन्धान अधिकारीहरु बताउँछन् । शान्ति सुरक्षाको निवेदन भनिए पनि आरोपित भनिएका व्यापारीसँग शान्ति सुरक्षाका विषयमा नभई बलात्कारको विषयमा छलफल गराइएको प्रहरी स्रोतको दाबी छ ।

बलात्कारकै कसुर भए पनि भैंसपाटीबाट मुद्दा चल्ने कार्यालय नभएकाले जिल्ला प्रहरी परिसर ललितपुर पठाउनुपर्ने थियो । घटना सुनसरीको भन्ने थाहा हुँदाहुँदै निवेदन लिएर कार्यक्षेत्र बेगर गएको, माथिल्लो निकायलाई कुनै रिपोर्ट नगरेको आरोप भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर शाहीमाथि सुरुवाती क्रममा लागेको थियो ।

तर अनुसन्धानको क्रममा रकम जम्मा गर्न लगाउनेदेखि मोबाइल समेत गायब बनाउने भूमिकामा उनी संलग्न रहेको देखिएपछि अहिले पक्राउ पुर्जी जारी भएको छ ।

घटनाबारे छानबिन गर्न परिसर ललितपुरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक इन्सपेक्टर शाहीले नै गायब पारेको निष्कर्ष निकालेको स्रोतले बतायो ।

व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी कार्यालयभित्रै इन्सपेक्टर शाहीकै रोहबरमा ६० लाख रुपैयाँ माग भएको थियो । पछि ३० लाख रुपैयाँ दिने सहमति भएपछि कुरा मिलेको थियो ।

जसअनुसार १३ लाख र ७ लाख रुपैयाँ गरेर दुई पटकमा भीमाकुमारीको खातामा २० लाख रुपैयाँ रकम जम्मा भएको थियो । उक्त रकम जम्मा गर्ने बेलामा इन्सपेक्टर शाहीकै गाडी चालक हमाल समेत एभरेष्ट बैंक पुगेको एक अनुसन्धान अधिकृतले बताएका छन् ।

ती व्यापारीले १० लाखको भने चेक दिएका थिए । पीडित व्यापारी जिल्ला प्रहरी परिसर ललितपुरमा गएर घटनाबारे बताएपछि अनुसन्धान गर्दा इन्सपेक्टर शाहीको भूमिका समेत गम्भीर देखिएको हो ।

घटनाबारे बुझ्न जिल्ला प्रहरी परिसरले इन्सपेक्टर शाहीलाई बोलाएको थियो । त्यतिबेला भैंसेपाटीमै रहेका ताज स्लाम र भीमादेवीलाई लिएर शाही साँझ ६ बजे जिल्ला प्रहरी परिसर ललितपुर पुगेकी थिइन् ।

ताजको मोबाइलमा भएका प्रमाणबाट थप रहस्य खुल्ने भएपछि उनै शाहीले उनको मोबाइल र भीमाको नाममा रहेको १० लाखको चेक गायब बनाएको समितिले औंल्याएको छ ।

ताजको मोबाइल इन्सपेक्टर शाहीले लिएर भीमादेवीको मोबाइलमा भएको फिंगर प्रिन्टसमेत परिवर्तन गरेर ताजको फिंगर प्रिन्ट सेट गरिएको खुलेको छ । ताजले समेत सुरुमा उक्त मोबाइल आफ्नो भएको बताएका थिए । तर अनुसन्धानका क्रममा उक्त मोबाइल ताजको नभई भीमादेवीको भएको खुलेको छ ।

इन्सपेक्टर शाहीले गायब बनाएको १० लाखको चेक र ताजको मोबाइल अहिलेसम्म फेला परेको छैन । छानबिन समितिले फौजदारी कसुरमै कारबाही हुनुपर्ने भन्दै प्रतिवेदन बुझाएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत लिइएको थियो । यद्यपि उनी अहिलेसम्म फरार छन् । ललितपुरका एसएसपी शेखर खनाल इन्सपेक्टर शाहीको खोजी भइरहेको बताउँछन् । ‘फेला पर्नासाथ नियन्त्रणमा लिएर कारबाही अघि बढाउँछौं’, उनले भने ।

समितिसमक्ष बयान दिन इन्कार

इन्सपेक्टर शाहीलाई जिल्ला प्रहरी परिसरले १० असोजमा जिम्मेवारीबाट हटाइएको थियो ।

त्यसपछि समितिले इन्सपेक्टर शाहीको मोबाइल समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । डीएसपी अधिकारी नेतृत्वको समितिले उनलाई बोलाए पनि बयान दिन इन्कार गरेकी थिइन् ।

‘बयानका लागि उपस्थित भइन् । तर यो समितिमाथि मलाई विश्वास छैन भन्दै इन्सपेक्टर शाहीले बयान दिइनन्’, समिति स्रोतले भन्यो । त्यसपछि समितिले शाहीले बयान दिन इन्कार गरेको भन्दै टिप्पणी उठाएर प्रतिवेदन बुझाएको थियो ।

‘योजनाकारसँग एसपीको आधा घण्टा भेटघाट’

डीएसपी अधिकारी नेतृत्वको समितिले एसपी कमल थापामाथि अनुसन्धान गर्न सुझाव दिएको छ ।

७ असोजमा हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लाम र एसपी थापाबीच एक पटक फोनमा कुराकानी भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र ताज स्लामबीच भेटघाट भएको सीसीटीभी फुटेज समेत समितिले फेला पारेको छ ।

उनीहरुबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेष्टुरेन्ष्टमा ७ असोजको साँझ साढे ६ बजे भेट भएको र करिब आधा घण्टा भेटघाट भएको फुटेज समेत समितिले प्राप्त गरेको थियो ।

‘उनीहरुबीच के–के कुराकानी भए भन्ने विषय थाहा भएन । तर भैंसेपाटीमा उजुरी हाल्नुअघि फोन सम्पर्क हुनु र काम भइसकेपछि पनि रेष्टुरेन्टमा आधा घण्टासम्म कुराकानी हुन शंकास्पद देखिन्छ’ समिति स्रोतले भन्यो ।

ताज स्लाम र एसपी थापाबीच यसअघि पनि सम्पर्क हुने गरेको र एसपीमार्फत नै सुनसरीको यो घटना भैंसेपाटीमा उजुरी दिएर रकम असुल्ने योजनाअनुसार काम भएको समितिको निष्कर्ष छ ।

हेडक्वार्टर तानिए एसपी थापा

यो प्रकरणमा नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले एसपी थापालाई फिर्ता बोलाएको छ । प्रहरी स्रोतका अनुुसार उनलाई दशैं बिदालगत्तै हेडक्वार्टर तानिएको हो ।

अहिले प्रहरी प्रधान कार्यालयकै उजुरी तथा छानबिन शाखाले एसपी थापामाथि छानबिन गरिरहेको छ । उजुरी छानबिन शाखाको प्रमुखमा अहिले एसएसपी गणेश चन्द छन् भने एसपी प्रकाश मल्ल छन् ।

‘अहिले एसपी थापामाथि छानबिन भइरहेको छ । के कारबाही हुन्छ छानबिनपछि मात्रै टुंगो लाग्ला’, उक्त शाखाका एक अधिकृतले बताय । स्रोत :- अनलाईन खबर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज