Advertisement

मुलुकको विकास र संवृद्धि एमालेबाट मात्रै सम्भव छ : सचिव भट्ट

Advertisement

कैलाली : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुकको विकास र संवृद्धि नेकपा एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको विजया दशमी तथा शुभ दीपावली ,नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि पनि एमालेको नेतृत्व आवश्यक रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशका ठुलो विकास निर्माणमा परियोजना एमालेबाटै सुरु भएको र त्यसलाई एमालेले नै पुरा गर्ने बताए ।

‘गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र एमालेको उठाएका एजेन्डा हुन् हामी ती योजनाहरूलाई पुरा गरेर प्रदेशमा मात्रै होइन देशमा विकासको गति दिन चाहन्छौँ ’ उनले भने, ‘हामीले गरेका राम्रो कामहरूको प्रचार हुन सकिरहेको छैन ।’

संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले जनतामा आसा जगाउने थुप्रै कामहरू गरिरहेको बताएका थिए । उनले विपद्मा परेकाहरूको विषयमा सरकार गम्भीर रहेको र उनीहरुको लागि राहत प्याकेज समेत ल्याएको बताए ।

शिथिल भएको अर्थतन्त्र तङ्ग्रिँदै गएको, विकास निर्माणले गति पाएको भन्दै मन्त्री भण्डारीले सरकार सुशासन, संवृद्धि र विकासमा केन्द्रित रहेको बताए

एमाले पोलिट ब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले पार्टीको नीति र विधि अनुसार नेता कार्यकर्ताअघि बढ्नु पर्ने बताएका थिए । उनले शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने प्रतिज्ञा सबैले गर्नु पर्नेमा जोड दिएका थिए ।

अर्का पोलिटब्युरो सदस्य लीला भण्डारीले सुखी नेपाली संवृद्ध नेपालको परिकल्पना पुरा गर्न सबै लाग्नु पर्ने बताइन् । एमाले प्रदेश कमिटी उपसचिव भागरथी विष्ट, प्रदेश कमिटी सदस्य तथा प्रदेश भौतिक राज्यमन्त्री निर्मला साउँद, प्रदेश सांसद धर्मराज पाठक, , प्रेस चौतारी केन्द्रीय प्रचार विभाग सदस्य हेमन्त पौडेल , प्रेस चौतारी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लोगश्वरी कुँवर, एमाले कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना, प्रेस चौतारी केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशील ढुङ्गाना लगायतले शुभकामना दिँदै मुलुकको पछिल्लो अवस्था र प्रेस चौतारीको जिम्मेवारीका विषयमा धारण राखेका थिए ।कार्यक्रममा एमाले नेता कार्यकर्ता र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रेस चौतारी कैलाली अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन सचिव जनक विष्टले गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज